Division forest_Ads
Barista_Training

अब्दुल खानको प्रश्न : कहिलेसम्म बर्दिया अस्पतालको भुईंमा बिरामीको उपचार गर्ने ?

Geruwa GIF
Basgadhi PSA_final

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले बर्दिया अस्पतालमा बिरामीको अत्यधिक चापका कारण आकस्मिक कक्षमा बिरामीलाई उपचार गर्ने ठाउँ नभएको बताउनु भएकाे छ । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद खानले अस्पतालको भुँइमा राखेर बिरामीको उपचार गर्ने काम भइरहेको बताउँदै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भयाे ।

उहाँले गर्मीका कारण देशभरको जनजीवन अस्तव्यस्त रहेको बताउँदै बाँके र बर्दियामा अत्यधिक गर्मीका कारणले  विद्युत्‌काे अत्यधिक कटौती हुँदा पङ्खा, एसी चलाउन समेत नपाउँदा जनता धेरै पीडित रहेको बताउनु भयाे । उनले विद्युत नियमित गर्नका लागि विद्युत् प्राधिकरणलाई आग्रह गर्नुभयाे ।

Leave A Reply

Your email address will not be published.