अमरराज लम्साल, गुलरिया । महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल सहयोग गरिएको छ । बढैयाताल गाउँपालिका वडा –९ को वडा कार्यालयले स्वयंसेविकालार्ई साइकल सहयोग गरिएको हो ।
स्वयंसेविकाको दिएको रिर्पोटको आधारमा स्वास्थ्य संस्थाहरूले बालबालिका र गर्भवती महिलाको अवस्थाको बारेका अभिलेख राख्ने गर्छ । भने कयौं गाउँघर क्लिनिक सञ्चालन गर्दा, खोप अभियान सञ्चालन गर्दा तथा गर्भवती तथा सुत्केरी रेखदेखमा स्वयंसेविकाहरूको महत्वपूर्ण योगदान रहेको छ ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वयंसेविका दिदीबहिनीहरूलाई वडाले दिएको साइकलले सेवा प्रभावमा सहयोग हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ स्वयंसेविकाले बालमृत्युदर तथा मातृ मृत्युदरमा कम हुनुमा स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको छ । वडा कार्यालयले गरेको काम अनुकरणीय भएकोले अन्य वडाले पनि यस्ता कार्यक्रम गर्नु आग्रह गर्छु । ’
स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै स्वयंसेविकालाई साइकल सहयोग गरेको वडा –९ का वडा अध्यक्ष वीर बहादुर थारूले बताउनु भयो । उहाँले बिना पारिश्रमिक दिन रात काम गर्ने स्वयंसेविकालाई सरकारले ध्यान दिन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले सानो भए पनि सहयोग गरेर, स्वयंसेविकालाई सम्मान गर्नुपर्छ भन्ने लागेर साइकल सहयोग गरेको हो ।’
पाँच जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल तथा खोप केन्द्रमा लागि टेबल र कुर्ची सहयोग गरेको वडा कार्यालयले जनाएको छ ।