Division forest_Ads
Barista_Training

विश्व वातावरण दिवसमा देशव्यापी कार्यक्रम, महासचिव गुटेरेसले शुभकामना सन्देश

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । आज जुन  २५ अर्थात  विश्व वातावरण दिवस देशव्यापी रूपमा विविध कार्यक्रम  दिवस मनाउन लागिएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारासाथ यसवर्ष विश्व वातावरण दिवस  मनाउन लागिएको हो ।

पृथ्वीको सबैको घरको हो । पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ । प्राकृतिक सम्पदाको दोहन तथा ठूला कलकारखाना, सवारी साधनको प्रयोग जस्ता उपकरणका कारण पृथ्वी तापक्रम प्रत्येक वर्ष बढ्दै गएको छ ।

Basgadhi PSA_final

 वातावरण विनाशले गर्दा नेपालका हिमनदी फुट्ने सक्ने, हिमालमा हिउँ सुक्दै , पहाडका पहिरो जाने, अतिवृष्टि, अनावृष्ट, खण्डवृष्टि, हुने तथा खडेरी पर्ने जस्ता समस्या देखा परि परिरहेका छन् । यस्ता अनेक खालका समस्याबाट पृथ्वीलाई  जोगाएर मानव लगायतको जलचर , थलचर, उभयचर अस्तित्व बचाउन जरुरी रहेको छ । पृथ्वी जोगाउने दायित्व सबैको  भन्ने सन्देश दिन विश्व वातावरण दिवसमा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने  नारा दिइएको छ । 

वातावरण विनाशले पृथ्वी नै जोखिममा रहेकोमा चिन्ता गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वातावरण  दिवसका अवसरमा सन्देश दिदै भन्नभयो , ‘ मानवता जमिनमा निर्भर छ, तर पनि  संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाश भइरहेको छ ।  स्वस्थ र उत्पादनशील  भूमिलाई मरुभूमिमा परिणत गर्दै  हुँदै गएको छ ।  समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै गएको छ ।  जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको  छ । ’


उहाँले वातावरण संरक्षणका लागि देशहरूले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भयो । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पर्नेमा जोडदिनु भयो । 


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भन्नुभयो, ‘ विकासोन्मुख देशले प्रकृतिको संरक्षणमा गरेको योगदान कदर गर्दै,  दिगो विकासलाई समर्थन गर्नका लागि आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ । ’

Leave A Reply

Your email address will not be published.