HPV KHOP
Barista_Training

विश्व वातावरण दिवसमा विविध कार्यक्रम 

Geruwa GIF

बर्दिया । विश्व वातावरण दिवसको अवसरमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरामा विविध कार्यक्रम गरी मनाइएको छ । विद्यार्थी शिक्षक अभिभावक सामुदायिक वन र सामुदायिक वन उपभोक्ता महासङ्घको सहभागितामा विविध कार्यक्रम गरी मनाइएको हो । 

जैविक विविधता संरक्षणका लागि सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, विद्यार्थी शिक्षक अभिभावक र सामुदायिक वन उपभोक्ताहरूको सहभागितामा र्याली र विद्यालय परिसरमा वृक्षारोपण गरिएको थियो । 

Basgadhi PSA_final

 

इको क्लवकी उपाध्यक्ष रन्जना चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि  सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रिय सदस्य महम्मद कर खाँ रहनु भएको थियो । त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष गोपाल प्रसाद चौधरी, मधुवन फेकोफनका अध्यक्ष कुलबहादुर बूढा लगाएतकाको उपस्थिति रहेको थियो । कार्यक्रम युरोपियन युनियन आड्रा अस्ट्रेलिया र आड्रा अस्टेरयिन कर्पोरेसनको आर्थिक सहयोगमा फेकोफन बर्दिया सम्बर्धन परियोजनाको आयोजना गरिएको थियो । 

 

 

Leave A Reply

Your email address will not be published.