Division forest_Ads
Barista_Training

बर्दियामा बाढी कृत्रिम घटना अभ्यास

Geruwa GIF
बर्दिया ।   बर्दियामा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन सुरु हुनै लाग्दा हरेक वर्ष बाढीबाट प्रभावित हुने बर्दिया जिल्लामा बाढी कृत्रिम घटना अभ्यास गरिएको हो ।
विपत व्यवस्थापन समिति बर्दियाको आयोजनामा नेपाली सेना श्री बज्रदल गण गुलरिया बर्दियाले कृत्रिम घटना अभ्यास गरेको छ । मनसुनको समयमा बाढी आइ हालेमा तयारी केकस्तो अवस्थामा छ बाढी आईहालेमा के कस्ता क्रियाकलाप गर्न सकिन्छ भनेर प्रदर्शन गरिएको नेपाली सेना श्री बज्रदल गणले जनाएको छ ।
बाढी आएको समयमा स्थानीय स्तरमा पाइने सामाग्रीहरू प्रयोग गरेर बाढीमा फसेकाहरूलाई उद्धार गर्न सकिने तरिका सिकाइएको थियो ।सञ्चार र समन्वय कसरी गर्ने, उद्धारमा कसरी खटिने , बाढीमा फसेकालाई कसरी निकाल्ने लगाएतका कौशलहरू प्रदर्शन गरीएको थियो । बाढीबाट घाईते भएकाहरुलाई उद्धार गर्ने तरिका, प्रथामिक उपचार गर्ने तरिका र सकेसम्म छिट्टै नजिकैको अस्पताल लैजाने तरिकाको बारेमा समेत प्रदर्शन गरीएको थियो । बर्दियाको भादा नदिको किनारमा गरीएको कृत्रिम घटना अभ्यासमा डुबेका मानिसहरूको उद्धार, प्रथामिक उपचारको समेत प्रदर्शन गरिएको थियो । कृत्रिम घटना अभ्यासमा जिल्ला विपत व्यवस्थापन समिति, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, गुलरिया नगरपालिका, संघ संस्था र स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
Basgadhi PSA_final
कृत्रिम घटना अभ्यासमा स्थानीयवासीलाई बाढी आएमा के कस्ता उपायहरु गर्न सकिन्छ भनेर सिकाईएको आयोजकले जनाएको छ । विपतको लागि कत्तिको सर्तक छौँ भन्ने कुरा घटना अभ्यासले स्पष्ट भएको छ ।
विपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपत कुनैपनि समयमा आउने भएको हुनाले पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास गरीएको बताउनु भयो । यो अभ्यासले विपत पुर्वको तयारी हो । स्थानीय स्रोत साधन र सामाग्रीहरू प्रयोग गरेर कसरी उद्धार गर्न सकिन्छ भन्नेकुरा सबैलाई सचेतना फैलाउन खोजिएको छ । उहाँले बाढी आइहालेमा सबैजना मिलेर त्यसको समाना गर्न तयार रहनुपर्ने बताउनु भयो ।
बर्दिया जिल्लाका कर्णाली बबई र मान नदीमा बाढी आउने गरेको छ । सदरमुकाम गुलरिया, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बाढीको उच्च जोखिममा पर्दछन् । बर्दियामा २०७४ सालमा बबई नदिमा आएको बाढीका कारण धेरै धन जनको क्षति भएको थियो ।
Leave A Reply

Your email address will not be published.