Krishnasar_Dubble Ad
Barista_Training

नदीको सतह बढेसँगै स्थानीहरू त्रसित,  नालामा डुबेर एक महिला बेपत्ता

Geruwa GIF

अमरराज लम्साल, गुलरिया ।  बर्दिया भएर बग्ने कर्णाली ,बबई, भादा लगायतको  नदी सतह बढेसँगै स्थानीहरू त्रसित बनेका हुन । केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण कर्णाली ,बबई, भादा लगायतका नदीको सतह बढेसँगै स्थानीहरू त्रसित बनेका हुन ।  

बर्दिया बाढी तथा पहिरोको जोखिममा रहेको छ । प्रत्येक वर्ष आउने बाढीले गेरुवा, राजापुर, गुलरिया, बारबर्दिया, ठाकुरबाबा, र बासगढी नगरपालिका बढी प्रभावित हुने गरेको छ । बाढीको जोखिम रहेका स्थानका बसोबास गर्ने स्थानीय बासीलाई सजग र सतर्क  रहनु साथै महत्वपूर्ण कागजात ,गरगहना, नगद,  जिन्सी र खाना सुरक्षित स्थानमा राख्न जिल्ला प्रहरी कार्यालय बर्दियाले आग्रह गरेको छ । 

Basgadhi PSA_final

गुलरिया नगरपालिका – ११ इन्द्रपुरका त्रिभुवन मल्लाहले नदी किनारमा घर  भएकोले  प्रत्येक वर्ष बाढीको सामना  गर्नु पर्ने  बाध्यता रहेको  बताउनु  भयो । उहाँले  भन्नुभयो , “ भादा नदीमा बनेको तटबन्ध   कमसल  रहेको  कारण प्रत्येक वर्ष  भत्किने गरेको  छ  ।  जसका कारण इन्द्रपुर टोलमा रहेका  घरहरू  जोखिममा  छन् ।  पटक पटक  पक्की  तटबन्धको लागि  बजेट माग  गर्दा पनि  सुनुवाइ हुन  सकेको  छैन । “ नदीमा स्थायी तटबन्ध  गर्न  सरोकारवाला  पहल  गर्न  आग्रह  गर्नु  मल्लाहले  आग्रह  गर्नु

बाढीबाट ज्येष्ठ नागरिक,  अपाङ्ग, बालबालिका,  गर्भवती , र बिरामी बढी जोखिममा रहने भएकोले उहाँलाई सुरक्षित स्थानमा राख्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी तुल्सीराम अर्यालले पर्नेमा जोडदिनु भयो । उहाँले वर्षाको समय भएको हुँदा विषालु सर्प , कीरा  तथा  परजीवीहरूले  टोक्न  सक्ने  भएकोले रातको समयमा  टर्च  लाइट  प्रयोग गर्नुका साथै  सुत्ने बेलामा  झुलको प्रयोग आग्रह गर्नु भयो । उहाँले ज्यानलाई जोखिममा राखेर नदी बढेको समयमा  बगेको काठ  समात्ने र माछा मार्ने  काम गर्न नहुने बताउनु भयो । 


 नालामा डुबेर एक महिला बेपत्ता 

मधुवन  नगरपालिका –  ५ गाउँ अन्दाजी ३२ वर्षकी  शान्ता खड्का जङ्गलमा च्याउ टिप्न  भारतको फकलपुर जादा  नाला तर्ने क्रममा नालामा डुबेर बेपत्ता हुनु भएकी हुन । बेपत्ताको   खोजतलास भइरहेको  जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी तुल्सीराम अर्यालले बताउनु भयो । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page