कृष्णसार अनलाइन, गुलरिया । डिभिजन वन कार्यालय बर्दियाले एक लाख ५० हजार बिरुवा वितरण गर्ने तयारी गरेको छ । कार्यालय हाताभित्र रहेको नर्सरीमा बिरुवा उत्पादन गरी डिभिजन वन कार्यालय बर्दिया निःशुल्क बिरुवा वितरण गर्न लागेको हो ।
कार्यालय प्रत्येक वर्ष विभिन्न प्रजातिको बिरुवाहरू वितरण गर्दै आएको छ । सोही कार्यक्रमलाई पनि यसवर्ष निरन्तरता दिइएको सहायक वन अधिकृत टङ्क बहादुर गुरुङले बताउनु भयो । उहाँले सिसौ, खयर, मसला, कोइराला शीतलचिनी ( मोरिङ्गा ) बकाइनु , बिरेन्द्र फूल , अम्बा, जामुन लगायत जातको बिरुवा रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ नर्सरीका एक वर्षे र बहुवर्षे जातको बिरुवा उत्पादन गरिएको छ । ८० हजार एक वर्षीय बिरुवाका बेर्ना तयार भएको छ र बहुवर्षीय गत वर्षको बिरुवाहरूमा फलफूल, वन र फूल प्रजातिका ७० हजार बिरुवा वृक्षारोपण गर्ने तयारी भएको छ बहुवर्षीय ४० हजार बिरुवाका बेर्ना अर्को वर्ष वृक्षारोपण गर्न तयार हुन्छ । ’