bardiyahospital

किसानको पहिचान गरी अनुदान दिनुपर्छ – प्रमुख जिल्ला अधिकारी शर्मा

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काम गरी रहेको किसानको पहिचान गरी  अनुदान दिनुपर्ने बताउनु भयो । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले आयोजना भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी शर्माले सो कुरा बताउनु भएको हो

 कार्यालयले प्रत्येक वर्ष  उत्पादनमा वृद्धि गर्न,  ज्ञान, सीप र नयाँ प्रविधिमेसिनहरू प्रयोगमा प्रोत्साहन गर्न विभिन्न कार्यहरू सञ्चालन गर्दै आएको छ । सरकारले कृषि उत्पादनमा वृद्धि गरी, स्वरोजगार बनाउने उद्देश्यले कृषिमा आधारित बालीनाली, फलफूल, माछामासु दुग्द्य जन्य उत्पादन बढाउन एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय मार्फत विभिन्न कामहरू गर्दै आएको छ । 

cld

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले वास्तविक किसानको पहिचान गरी लगानी गर्न सकेमा  उत्पादनमा बढ्ने , स्वरोजगारको अवसर सृजना हुने र देश कृषिमा आत्मनिर्भर हुने बताउनु भयो । उहाँले एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले गरेको काम राम्रो भएको र आगामी दिनमा पनि वास्तविक किसानको पहिचान गरी सहयोग गर्न सुझाव दिनुभयो । 

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले बर्दियामा पहिलो पटक दुग्द्य जन्य वस्तुको भण्डारण गर्न दुईवटा दूध चिस्यान केन्द्र ( कोल्ड च्याम्बर ) का लागि सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बर्दिया दूधमा आत्मनिर्भर छ । बर्दियाका किसानले उत्पादन गरेको दूध नेपालगञ्ज, कोहलपुर, पोखरा लगायतको जिल्लामा जान्छ । दूधबाट किसानले राम्रै आम्दानी गर्न सफल हुनुभएको छ ।  बर्दिया उत्पादन भएको दूधबाट अन्य परिकारहरूलाई सुरक्षित रुपमा भण्डारण गर्न चिस्यान केन्द्रको लागि सहयोग गरिएको छ । ’

साना सिचाँइ कार्यक्रम, बीउ उत्पादनलाई प्रोत्साहन, तोरी तथा मसुरो बीउ वितरण, किसानको उत्पादनलाई बजारसम्म पुर्याउन अटो रिक्सा, गोब्रे च्याउ वर्ष उत्पादन गर्ने सीप तथा प्रविधिको हस्तातरण, कोल्ड च्याम्बर निर्माण, लगायतको काम कार्यालयले  गरेको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो । 

बढैयाताल गाउँपालिका –८ मा रहेको सङ्कल्प महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष नेम कुमारी बस्नेतले कार्यालयले मकै सङ्कलन गर्नका लागि ट्रस निमार्णको सहयोग गरेको बताउनु भयो । उहाँले सहकारी आवद्ध रहनु भएको सेयर सदस्यहरूले ४१ हेक्टरमा मकै खेती गरी एक सय ९४ मेट्रिकटन उत्पादन भएको जानकारी दिनुभयो । उहाँले उत्पादन भएको मकै  एकै ठाउँबाट जम्मा गरी बिक्री गर्दा सजिलो हुने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘ उत्पादन भएको मकै घरबाट बिक्री गर्दा फरक फरक मूल्यमा पर्दथ्यो । तर सम्पूर्ण सेयर सदस्यहरूलाई एकै ठाउँमा जम्मा गरेर बिक्री गर्दा बार्गेनिङ पावर बढेको छ । र सबैलाई फाइदा पनि भएको छ ।’

कार्यालय गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र बढैयाताल गाउँपालिका सञ्चालित रहेको योजनाहरूको सयुक्त अनुगमन गरिएको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.