Krishnasar_Dubble Ad
Barista_Training

जैविक विविधता संरक्षण सम्बन्धी तालिम सम्पन्न 

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
ठाकुरबाबा । 
बर्दियाको ठाकुरद्वारामा जैविक विविधता संरक्षण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सम्वर्धन परियोजनाको आयोजनामा बर्दिया र बाँके जिल्लाका शिक्षक पत्रकार र चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरूलाई तालिम दिइएको हो ।
तालिममा जैविक विविधता संरक्षणको महत्व, जलवायु परिवर्तनको असर, न्यूनीकरण र अनुकुलनका विषयमा प्रशिक्षण दिइएको थियो । साथै समुदाय विद्यालय र विभिन्न सरकारी तथा गैरसरकारी तहबाट निस्कने ठोस फोहोर मैलाले जलवायु परिवर्तनमा देखिएको समस्या र त्यसको व्यवस्थापनका लागि गर्न सकिने अभ्यासको बारेमा छलफल गरिएको थियो । 

तालिम युरोपियन संघ, अष्ट्रियन डेभलपमेन्ट को –अपरेशन आर्थिक सहयोगमा र आड्रा नेपाल, एन्साब नेपाल , बि ग्रुप र सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्यमा सम्बर्धन परियोजनाले आयोजना गरेको हो । नेपालमा सम्वर्धन परियोजनाले जैविक विविधताको संरक्षण र जिविकोपार्जनको क्षेत्रमा  बर्दिया र बाँके जिल्लामा काम गर्दै आएको छ । 

 
तालिममा १० ओटा विद्यालयका शिक्षक, बर्दिया र बाँके जिल्लाका  चारजना पत्रकार,  युवाहरू, सामुदायिक वन उपभोक्ता महासङ्घका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो । तालिम विहीबार देखि शनिबार सम्म तिन सञ्चालन भएको थियो ।
तालिमको समापन गर्दै सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रिय उपाध्यक्ष महम्मद कर खाँले दिगो वन व्यवस्थापन गर्दै वनलाई उपभोक्ताहरूको जिविकोपार्जन सँग जोड्नु पर्ने बताउनु भयो उहाँले भन्नु भयो –‘अहिले सम्म सामुदायिक वनलाई हराभरा बनायौँ तर मनलाई हरा भरा बनाउन सकेनौँ ।, अब उनीहरूको मन हराभरा बनाउनका लागि यस परियोजनाले भुमिका खेल्ने छ ।’ परियोजना देशभरमा बर्दिया र बाँके जिल्लाका चारओटा नगरपालिकामा भएपनि यो अभियान देश भरी नै लैजाने गरी काम गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले निकुञ्ज ऐन २०२९ परिवर्तन नभएसम्म देशका कुनैपनि मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या समाधान नहुने बताउनु भयो । 

Basgadhi PSA_final

    सामुदायिक वन उपभोक्ता महासङ्घ बर्दियाका अध्यक्ष गोपाल प्रसाद चौधरीले बर्दिया जिल्लाका सामुदायिक वनका उपभोक्ताहरूलाई जैविक विविधता संरक्षण सँगै दिगो वन व्यवस्थापन र जिविकोपार्जन सँग जोड्ने बताउनु भयो ।
परियोजनाले दिगो वन व्यवस्थापनमा उपभोक्ताहरूको क्षमता अभिवृद्धि गर्ने, वन्यजन्तुले नोक्सानी नगर्ने खालको खेतीका लागि कृषकहरूको क्षमता अभिवृद्धि गर्ने, दिगो वन व्यवस्थापनमा वन उपभोक्ता समुहहरूलाई कार्ययोजनाहरू तयारी गर्न सहजीकरण गर्ने, स्थानीय तहमा वन तथा कृषि स्रोतको संरक्षण र दिगो सदुपयोग मार्फत नीति निर्देशिका र योजना कार्यन्वयनका निम्ति निजी तथा सार्वजनिक क्षेत्रहरूमा क्षमताको अभिवृद्धि गर्ने लगायतका कार्यक्रम गर्ने परियोजना प्रमुख प्रेम चौधरीले बताउनु भयो । 

परियोजना ७० ओटा नागरिक समाज संस्थाहरू, ८ नागरिक समाजका सञ्जालहरू, २ राष्ट्रिय निकुञ्जहरू, १४ उद्यमहरू, १० ओटा विद्यालयहरू र ११ हजार दुई सय प्रत्यक्ष लाभग्राहीहरू बिच काम गर्ने छ । परियोजना २०८० भाद्र देखि सुरु भएको थियो भने २०८४ श्रावण सम्म सञ्चालन हुने छ । कुल बजेट ११ लाख ११ हजार एक सय ११ युरो रहेको यस परियोजनाबाट दुई लाख ६९ हजार तिन सय ७९ जना नागरीकहरु लाभान्वीत हुने अनुमान गरिएको छ । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page