कृष्णसार अनलाइन । पूर्व भूमिव्यवस्था राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीमा चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा रायको हत्या भएको हो ।
३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री रहनु भएको रायको ८० वर्षको उमेरमा हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको बताउनु भयो । उहाँले घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।