bardiyahospital

संरक्षणको अभावमा लोप हुँदै सुन गोहोरो,

पर्याप्त संख्यामा सुन गोहोरो रहेको छ संरक्षण अधिकृत वाग्ले

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । विश्वमा सङ्कट उन्मुख अवस्थामा रहेको सरीसृपहरू मध्ये सुन गोहोरो पनि एक हो । किसानको साथी र पारिस्थितिक पद्धतिमा महत्वपूर्ण योगदान रहेको सुन गोहोरो संरक्षणको अभावले गर्दा सङ्कटमा रहेको छ । 

संसारभरमा  पाइएका ४६ प्रजातिका गोहोरो मध्ये एसिया महाद्वीपमा नौ प्रजातिको गोहोरो पाइन्छ । भने नेपालमा दुई प्रजातिका गोहोरो भैँसे गोहोरो ( भ्यारानस बेन्गालेन्सिस ) र सुन गोहोरो ( भ्यारानस फ्लेभेसेन्स ) रहेको अभिलेख गरिएको छ । भने सन् २०२० मा गोहोरोको थप एक प्रजाति एसियन पानी गोहोरो ( भ्यारानस साल्भाटोर ) उदयपुर जिल्लाको सनुवा  सुक्नई  सामुदायिक वनबाट अभिलेख गरिएको थियो ।

cld

 बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बर्दियाले बर्दियामा र बाँकेमा सुन गोहोरो राम्रै सङ्ख्यामा रहेको बताउनु भयो । उहाँले नेपालमा  सुन गोहोरो लोपउन्मुख अवस्थामा रहेपनि बर्दिया राष्ट्रिय निकुञ्जमा  उल्लेख सङ्ख्या रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘ अन्य जनावरलाई झैँ सुन गोहोरोलाई  गणना नगरिए पनि यो पर्याप्त मात्रामा रहेको छ । तर यसको संरक्षण गर्न आवश्यक रहेकोले समुदायमा सचेतना जगाउन जरुरी रहेको छ । निकुञ्जले विभिन्न समयमा सुन गोहोरोलाई उद्धार  गरेको पनि छ । ’

जनजाति समुदायले सुन गोहोरो सङ्कट उन्मुख अवस्थामा रहेको सरीसृप भन्ने थाहा नपाए मारेर पहिला खाने गरेपनि अहिले संरक्षण गर्नु पर्छ भन्ने बुझेकोले जनजाति समुदाय पनि यसको संरक्षण लागेको संरक्षण अधिकृत  वाग्लेले जानकारी दिनुभयो । 

सिनियर नेचर गाइड  मञ्जु महतराले  बर्दिया राष्ट्रिय निकुञ्ज्ञ घुम्न आउने सुन गोहोरो स्वदेश तथा विदेशी पर्यटकको रोजाइ पर्न नसकेको  बताउनु  भयो । उहाँले  भन्नुभयो,  ‘ सुन गोहोरो बारेमा धेरैलाई जानकारी छैन्, यसको प्रचारप्रसारको हुन सकेको छैन् ।  सुन गोहोरो खेतको वरिपरि, जङ्गल, झाडीहरू घर आँगन यदाकदा देखा पर्ने गरको छ । गोहोरोले  किसानको खेतबारीमा  नोक्सान गर्ने कीरा, मुसा, गँगटो, माकुरा, पक्षीहरू,  कीराहरू र माछा खाने गर्छ । त्यसकारण पनि  गोहोरो  मानव समुदायको लागि हितकारी  किसानको साथी  पनि हो । ’

बाघ जतिकै सुन गोहोरो पनि सङ्कट पूर्ण अवस्था रहेको नेचर गाइड महतरा बताउनु हुन्छ । उहाँले यसका लागि स्थानीय स्तरमा गोहोरो संरक्षण सम्बन्धी सचेतना जगाउन जरुरी रहेको भयो । 

सिनियर नेचर  गाइड  दीप शाहीले गोहोरोलाई मासुको रुपमा प्रयोग गर्ने , बोसोबाट औषधी बन्छ  भन्ने  मान्यताले  र छालालाई डम्फु, खैञ्जडी र डमरु बनाउन प्रयोग गर्ने हुनाले गोहोरो चोरी सिकार बढ्दै गएको  बताउनु भयो ।   साथै उहाँले गोहोरोको छाला आकर्षक हुनाले यसका अवैध ढङ्गले व्यापार  हुने गरेको  जानकारी दिनुभयो ।  भने केहीमा गोहोरोको मासुले दम, कुष्ठरोग, क्षयरोग तथा पाइल्स लाग्नबाट बचाउने जस्ता जनश्रुति र मिथ्या र भ्रमका कारण गोरोहोको चोरी सिकार हुने गरेको शाहीले बताउनु भयो । 

उहाँले सुन गोहोरोको झाडी, घाँसेमैदान, सिमसार, मानवबस्ती वरपरका कृषिजन्य जमिनमा बढी पाइने गरेको बताउनु हुन्छ । सुन गोहोरोले एक पटकमा ३० वटा सम्म अण्डा पार्ने  शाहीले बताउनु हुन्छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षणका क्रियाकलापले अप्रत्यक्ष रूपमा सुन गोहोरोको संरक्षणलाई केही टेवा पुगेको छ । तर  अन्य वन्यजन्तुहरू बाघ, गैँडा, हात्तीझैँ यसको संरक्षण गर्नुपर्नेमा  शाहीले जोडदिनुभयो । 

यो जीवलाई विश्व संरक्षण सङ्घको रातो किताबमा सन् १९९६ मा लिस्ट कन्सर्न अर्थात् कम चासोको सूचीमा राखेपश्चात् अहिलेसम्म अध्यावधिक गर्न सकेको छैन ।  भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षर ऐन २०२९अनुसार गोहोरो संरक्षित जनावर हो । यसलाई अवैध रुपमा चोरीनिकास अथवा कुनै पनि किसिमको हानी पुर्याउने कार्य गरेमा एक देखी पाँच लाखसम्म जरीवाना वा एक देखी १० बर्षसम्म कैद वा दुबै सजाय हुन  सक्ने  कानुनी प्रावधान रहेको  छ ।

संरक्षणको नीति–नियम भए पनि अनुगमन संयन्त्र अति कमजोर छ, त्यसैले स्थानीय स्तरमा सुन गोहोरोको अवैध सिकार भइरहेको पाइन्छ । विभिन्न प्रयोजनका लागि गरिने कीटनाशक र अरू रासायनिक मल तथा रसायनहरूको प्रयोगले सुन गोहोरो सङ्कटमा परेको छन् । बढ्दो सहरीकरणले निम्त्याएको कृषिजन्य भूमिको अव्यवस्थित प्लटिङका कारण सुन गोहोरोको प्राकृतिक वासस्थानको विनाश हुँदै गइरहेको छ, जुन यसको संरक्षणमा एकदमै संवेदनशील विषय हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.