Division forest_Ads
Barista_Training

सामुदायिक वन दिवस नेपालको मौलिक दिवस – वन उपभोक्ता महासङ्घका उपाध्यक्ष खाँ

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । सामुदायिक वन दिवस नेपालको मौलिक दिवस भएको  सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रिय उपाध्यक्ष महम्मद कर खाँले बताउनु भयो । सामुदायिक वन उपभोक्ता महासङ्घ बर्दियाले आयोजना गरेको कार्यक्रममा खाँले सो कुरा बताउनु भएको हो । 

गुलरिया नगरपालिका –५ मा रहेको सन्तोषी सामुदायिक वनमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा गुलरिया नगरपालिकाभित्रका रहेका सामुदायिक वन समितिको प्रतिनिधित्व हुने वन समितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै खाँले नेपालमा मनाइने धेरै दिवसहरू विदेशीबाट आयातित दिवस भएपनि सामुदायिक वन दिवस बताउनु भयो । उहाँले समुदायले वनको संरक्षण गरेको सामुदायिक वन विश्वको लागि उदाहरणीय बनेको छ । समुदायले गरेको वन संरक्षणको कामको सिको गर्दै अन्य देशले समेत सामुदायिक वनको अगाडि बढाउन थालेका बताउनु भयो । उपाध्यक्ष खाँ भन्नुहुन्छ, ‘ समुदायले वनको संरक्षण गर्यो । तर वनबाट पर्याप्त आर्थिक आर्यआर्जन हुने गरी फाइदा लिन सकेन । कतिपय  काम गर्दा वन ऐन २०२९ ले समस्या पार्ने गरेको छ ।त्यसकारण वन  ऐन  भएका कमीकमजोरीलाई सुधार गरेर उपभोक्ताको हितलाई ध्यान दिन जरुरी रहेको छ । ’

Basgadhi PSA_final

डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले नेपालमा २३ हजार भन्दा बढि सामुदायिक वनमा रहेका लाखौ उपभोक्ताहरू नै वन संरक्षणको काम गर्दै आएको बताउनु भयो । उहाँले समुदायले पाँच दशकदेखि वनको संरक्षण गर्दै आएको  हुँदा समुदायलाई आर्थिक आर्यआर्जनको काम गर्दै पर्यावरणको संरक्षण  हुने कामसँग पनि जोड्नु पर्नेमा जोडदिनु भयो । उहाँले भन्नुभयो, ‘वनलाई समृद्धि जोड्न जरुरी रहेको छ । त्यसका लागि सामुदायिक वनबाट उत्पादन गर्न  काममा समुदायले जोड्न जरुरी रहेको छ । पछिल्लो समयमा वन अतिक्रमण हुने जोखिम पनि बढेको छ । त्यसकारण पनि वनको संरक्षणलाई गर्दै आर्यआर्जनसँग वनलाई जोड्न जरुरी रहेको छ । ’ उहाँले सामुदायिक वन समितिले गरेको काम उदाहरणीय रहेको र समुदायले गर्ने सञ्चालन गर्ने काममा डिभिजन वन कार्यालय सँगसँगै रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

गुलरिया नगरपालिका वडा –५ का वडा अध्यक्ष मुमबहादुर मल्लले सरकारले समुदायमा आधारित भएर जुन उद्देश्यका साथ सामुदायिक वनको अवधारणा ल्याएर थियो, सो पुरा भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले ल्याएको निति अनुसार समुदायले वनको संरक्षण र विस्तार गर्यो । तर अब वनबाट आर्यआर्जन हुने र उपभोक्ताहरू आत्मनिर्भर बनाउने खालमा काम गर्न जरुरी रहेको छ । ’

वन समितिले वनको संरक्षण रेखदेख सुरक्षा प्रदान गर्दै वनलाई बचाएको सामुदायिक वन उपभोक्ता महासङ्घ बर्दियामा अध्यक्ष गोपाल प्रसाद चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सामुदायिक वनको सुरक्षा गर्न समुदायले निरन्तर रुपमा योगदान दिएको छ । तर केही काम गर्न परेमा कानुनी जटिलताले गर्दा समस्या परेको छ । सरकारले वनबाट हुने आम्दानीको क्षेत्र विस्तारमा ध्यान दिनुभन्दा सामुदायिक वनलाई कर लगाएर थप मारमा पारेको छ । त्यसकारण सामुदायिक वनमा लगाएको अनावश्यक  कर खारेज हुनुपर्छ । ’साथै उहाँले वन संरक्षणमा समुदायले गरेको योगदानको स्मरण गर्दै सामुदायिक वन दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो । 

सिन्धुपाल्चोक ठोकर्पा गाउँमा रहेको वनलाई व्यवस्थापनका लागि २०३० सालको साउन २५ गते स्थानीय समुदायलाई हस्तान्तरण गरिएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष सामुदायिक वन दिवसको विभिन्न कार्यक्रक गरी मनाउने गरिन्छ ।

 

Leave A Reply

Your email address will not be published.