Division forest_Ads
Barista_Training

बर्दियामा सडक दुर्घटनामा ९० जनाको मृत्यु , सडक दुर्घटनामा छ पक्ष जिम्मेवार 

Geruwa GIF

 प्रकाश पौडेल , गुलरिया । बर्दियामा सडक दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले तीन वर्षमा सडक दुर्घटनामा परि ९० जनाको मृत्यु भएको जनाएको हो । 

नेपालको प्रमुख समस्याको रुपमा पछिल्लो समयमा सडक दुर्घटनालाई लिने गरिएको छ । फरक भौगोलिक बनोट, साँघुरो कच्चा सडक, क्षमता भन्दा बढी यात्रु बोक्ने चलन, सवारी साधन सिकाउने सिकाइ केन्द्रको अभाव जस्ता कारणले पछिल्लो समय सडक दुर्घटना बढिरहेको छ । 

आर्थिक वर्ष २०८०/०८१ – २६ जना मृत्यु  भएको छ । जसमा २४ जना पुरुष, १ जना महिला र १ जनाको बालिका मृत्यु  भएको छ । त्यसैगरी  आर्थिक वर्ष  २०७९/०८० मा ३३ जनाको मुत्यृ भएको छ ।   भने आर्थिक वर्ष २०७८/०७९ मा ३१ जनाको मृत्यु भएको भएको ट्राफिक प्रहरीले जनाएको छ । 

भने ट्राफिक प्रहरीको अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६२  शक्त घाइते भएका छन् । जसमा ४७ जना पुरुष, नौ जना महिला, तीन ÷ तीन जना बालबालिका रहेका छन् । ३७ जना सामान्य घाइते भएका छन् । जसमा २८ जना पुरुष, ८ जना महिला, एक जना बालक रहेको छन् । त्यसैगरी आर्थिक वर्ष  २०७९/०८० मा ७२ जना शक्त घाइते र १९ जना सामान्य घाइते भएक छन् । भने आर्थिक वर्ष २०७८/०७९ मा एक सय ४४ जना शक्त घाइते र  ३८ जना सामान्य घाइते भएका छन्  ।

 सडक दुर्घटनाबाट हुने ठूलो क्षति नै मानवीय क्षति नै हो । सडक दुर्घटना परी आफन्त गुमाउनु पर्दाको परिवार र आश्रित सहनु पर्ने पीडा अकल्पनीय हुन्छ ।  तर बर्दिया भएका सडक दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या हेर्दा मानवीय मृत्यु घट्दै गएको पाइन्छ । यसलाई अझै कम गर्न  जरुरी  रहेको देखिन्छ ।
सडक सुरक्षाका तथा सवारी दुर्घटना न्यूनीकरण गर्नका ऐन, नियम, निर्देशिका तथा कार्ययोजनाहरू पनि जारी भएको छ । तर कार्यान्वयन पक्ष फितलो हुँदा सडक दुर्घटनामा कमी आउन सकेको छैन् । 

सरकारले सडक दुर्घटना कम गर्नका लागि भन्दै सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९, दुर्घटनाको पहिचान र उपचार, २०५४,  सडक उपभोक्ता निर्देशिका, २०५६,  राष्ट्रिय यातायात नीति, २०५८, ल्याएको छ । त्यसैगरी  सवारी तथा यातायात व्यवस्थापन निर्देशिका, २०६०, रणनीतिक सडक सञ्जाल  गुरुयोजना, २०६२, सार्वजनिक यातायात आचार संहित, २०६८, ल्याएको छ । भने  सवारी प्रशिक्षण विद्यालय पाठ्यक्रम, २०६९, नेपाल सडक मापदण्ड, २०७०, वस बडिविल्डीब मापदण्ड, २०७४, र स्कुल बस निर्देशिका, २०७४ ल्याएको छ । तर सरकारले ल्याएको ऐन, नियम, निर्देशिकाको कार्यान्वयन पक्ष फितलो हुँदा  सडक दुर्घटनालाई कम आउन सकेको छैन् ।

 

सडक दुर्घटनामा छ पक्ष जिम्मेवार 

सवारी दुर्घटना न्यूनीकरण गर्न ६ पक्षको जिम्मेवारी हुने प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको निष्कर्ष  निकालेको छ ।
समितिले २०७७ मा बुझाएको प्रतिवेदनमा नेपालमा यातायात व्यवस्थापन र सवारी सुरक्षाको लागि यातायात व्यवस्था विभाग, सडक विभाग, यातायात व्यवसायी तथा चालक , स्थानीय तह,  नेपाल प्रहरी , यात्रुलाई प्रमुख जिम्मेवार पक्ष मानेको छ  ।  सवारी दुर्घटनालाई प्रभावकारी तरिकाले दुर्घटना न्यूनीकरण गर्ने हो भने सबै पक्षले आ–आफ्नो जिम्मेवारी महसुस गरी समन्वयात्मक ढंगबाट कार्य गर्नुपर्ने समितीको निश्कर्ष रहेको छ ।

एक वर्षमा १८ हजार ८१ सवारी साधन कार्वाहीमा 

जिल्ला ट्राफिक कार्यालय गुलरियाका  अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा १८ हजार ८१  सवारी साधनलाई कार्वाही गरेको  छ । कार्वाही सवारी साधनबाट  एक करोड १२ लाख  १४ हजार  पाँच सय  राजस्व संकलन  गरेको थियो । त्यसैगरी आर्थिक वर्ष  २०७९÷ ०८० मा  १८ हजार ९६ सवारीलाई  कार्वाही गरी  १एक  करोड चार  लाख  २१  हजार पाँच  सय  राजस्व संकलन  गरेको  थियो ।  आर्थिक वर्ष  २०७८÷ ०७९  मा  १८ हजार सात सय  ३८  सवारी साधनलाई कार्वाही  गरी  एक  करोड  तीन  लाख  ३१ हजार राजस्व संकलन   गरेको  ट्राफिक प्रहरीले  जनाएको  छ ।
गत वर्ष कार्वाहीमा परेका १८ हजार ८१  सवारी साधनलाई कार्वाही मध्ये  ट्रक १८.७० प्रतिशत, बस ९.७७ प्रतिशत, जीप÷ कार÷ भेन १८.८८ प्रतिशत, ट्याक्टर  ८.७० प्रतिशत  , मोटरसाइकल ३७.५५ , अन्य ६.६० प्रतिशत सवारी साधनलाई कार्वाही  परेका ट्राफिक कार्यालय जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको तथ्यांक अनुसार अन्य सवारी साधनको तुलनामा मोटरसाइकल दुर्घटनाबाट बढी हुने गरेको देखिन्छ ।

Basgadhi PSA_final


ट्राफिक कार्यालय बर्दियाका ट्राफिक प्रहरी हवल्दार कृष्ण डाँगीले  चेकजाँचको क्रममा सवारीसाधनले नियम उल्लंघन गरिएको पाइएमा कारवाही गर्ने गरिएको बताउँदै  मादक पदार्थको सेवन गर्ने, कागजात लिएर नहिँड्नेलाई, म्याद नाघेका कागजात बोक्ने, ओभरलोड सामान बोक्ने, ओभर स्पीडमा चलाउने, सार्वजनिक यातायातमा बढि यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्दै आएको बताउनु भयो  ।


सडक दुर्घटनाको धेरै धेरै हुनसक्छ ः– प्रहरी निरीक्षक खड्का


सवारी दुर्घटना हुनुको कारण  धेरै हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी निरीक्षक सुधिर कुमार खड्काले बताउनु हुन्छ । उहाँले सवारी दुर्घटना हुनुमा व्रेक वा स्टेरिङ फेल हुनु ,  ट्राफिक नियम पालना नहुनु र  नियमको बारेमा जानकारी नहुनु,   सडकको क्षमता भन्दा सवारी साधनको संख्या बढी हुनु ,  सडकमा सांघुरा मोड र ठाडो उकालो ओरालो हुनु ,  सडकमा पर्याप्त रुपमा ट्राफिक संकेत, लाइट र रोड फर्निसिङ नहुनु , सडकमा खाल्टाखुल्टी व्यापक हुनु ,  सडक समयमा मर्मत नहुनु, सुरक्षित सडकपेटी नहुनु,  लापरवाही गरी सवारी चलाउनु , सवारी चलाउदा मादक पदार्थको सेवन गर्नु , तीब्र गतिमा सवारी चलाउनु  सडक दुर्घटनाको कारण हुने गरेको बताउनु हुन्छ ।  उहाँले  कम उमेरका सवारी साधन चलाउनु, सवारी चालकमा पर्याप्त तालिमको अभाव हुनु , ट्राफिक नियम तथा सडक सुरक्षा प्रति वेवास्ता गर्नु , बढी कमाउन चालकहरूबीच बढी सामान र यात्रु राख्न अस्वस्थ प्रतिस्पर्धा हुनु, सडक यात्री र  साना सवारी साधनले जथाभावी बाटो काट्ने, यात्रा गर्दा झुण्डिएर र छतमा बस्ने , सडक तथा किनारमा जथाभावी सामान राख्ने र विस्कुन सुकाउने , सडकमा पशुपन्छी तथा चौपाया छाडा छोड्ने पनि कारण सडक दुर्घटना हुने गरेको बताउनु भयो । सडक दुर्घटना रोक्न ट्राफिक नियमको पालना गर्न सकेका सडक दुर्घटना धेरै कम गर्न सकिने उहाँले बताउनु भयो ।  उहाँले ट्राफिक प्रहरीले सडक दुर्घटना कम गराउन, सडकमा चेकजाँचमा कडाइ गर्नुका साथै विभिन्न स्थानमा सचेतना जगाउने काम समेत गर्दै जानकारी समेत दिनुभयो । 

ट्राफिक प्रहरीको तीन महिनाको सडक दुर्घटनाको विश्लेषण 


जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले तीन महिनामा चारको मुत्यु, आठ घाइते भएको जनाएको छ । ट्राफिक कार्यालयले गत आर्थिक वर्षको बैशाख, जेठ र असार महिनामा चार जनाको मृत्यु र आठ जना घाइते भएको जनाएको हो ।


सडक दुर्घटना परी मृत्यु हुनमा पुरुषको सङ्ख्या बढि रहेको छ । बैशाख महिनामा एक जना जेठमा एक जना र असारमा दुई जनाको सडक दुर्घटना मुत्यु भएको छ । मृत्यु हुनुमा  सबै पुरुष रहेका छन् । भने सवारी दुर्घटनामा परी ६ जना शक्त घाइते भएका छन् ।जसमध्ये बैशाखमा चार जना पुरुष र एक जना महिला र जेठमा एक जना पुरुष घाइते हुनु भएको छ । भने असारमा तीन जना सामान्य घाइते हु्नु भएको छ ।


प्रहरीको ट्राफिक प्रहरीको तथ्यांक अनुसार बैशाख महिनामा ५ वटा जेठमा २  र असारमा २ गरी ९ वटा सडक दुर्घटना भएको छ ।  आइतबार ३ वटा, मंगलबार २ , बुधबार ३  शुक्रबार एक  सडक दुर्घटना भएको छ । भने तीन महिनामा ९ वटा सडक  दुर्घटना भएका छन् । भने सडक दुर्घटना १३ वटा सवारी साधन परेका हुन । बैशाख महिनामा एक वटा ट्रक,  एक ट्याक्टर, पाँच मोटरसाइकल, दुर्घटना भएका छन् । भने जेठ महिना एक वटा बस,  एक ट्याक्टर र दुई वटा शारीरिक शक्तिबाट चल्ने सवारी साधन दुर्घटना भएका छन् । भने असार महिनामा दुई वटा मोटरसाइकल दुर्घटना भएको छ ।  तीन महिनाको तथ्यांक हेर्दा पनि सबैभन्दा मोटरसाइकल दुर्घटना हुने गरेको देखिन्छ । 

साँझको सडक दुर्घटना बढी हुन्छ , सडक दुर्घटनामा भित्री सडकमा  


सबैभन्दा बढी सवारी दुर्घटना साँझको समयमा हुने गरेको छ । सवारी हुने समयलाई हेर्दा साँझ ६ बजेदेखि राती १२ बजेको बीचमा सवारी दुर्घटना हुने गरेको हो । समयको आधारमा दुर्घटना हुने समयलाई हेर्दा बिहान ६ बजे १२ बजेसम्म ३ वटा सडक दुर्घटना, दिउँसो १२ देखि ६ बजेसम्म १ सडक दुर्घटना,  र साँझ ६ बजे देखि १२ सम्म ५ सडक दुर्घटना भएको देखिन्छ ।  सबैभन्दा बढी सडक दुर्घटना भित्री सडकमा हुने गरेको छ ।
ट्राफिक प्रहरीको तथ्यांकलाई हेर्दा भित्री सडकमा चार वटा दुर्घटना,  महेन्द्र राजमार्गमा तीन वटा, र हुलाकी राजमार्गमा दुई वटा दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको छ । भने दुर्घटना गराउनेहरुकमा १६ वर्ष देअि २५ वर्षका त्यसपछि २५ देखि ४० वर्षका र ४० वर्ष माथीका रहेका छन् ।
ट्राफिक प्रहरीे ट्राफिक प्रहरी हवल्दार डाँगीले बर्दियामा सडक दुर्घटना मध्ये अधिकांश सडक दुर्घटना भित्री सडममा हुने गरेको बताउनु हुन्छ । बर्दिया महेन्द्र रार्जमागमा बढी सडक दुर्घटना भित्री सडक हुने गरेको जानकारी दिनुभयोे । 


सवारी दुर्घटना रोक्न प्रहरीको सचेतना अभियान 


सवारी साधनको दुर्घटनाका कारण हुने मानवीय र धनजनको क्षती हुन नदिन ट्राफिक नियमको पालना सम्बन्धी सचेतना जगाउर्दै आएको छ । ट्राफिक प्रहरीले तीन महिनामा एक सय २८ वटा सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ । सो सचेतना मूलक  कार्यक्रममा पाँच हजार एक सय ८८ जनाको सहभागिता रहेको ट्राफिक प्रहरीे ट्राफिक कार्यालयले जनाएको छ । 

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विद्यालयमा गएर विद्यार्थीहरूसँग, सडकमा सडक यात्रीहरूसँग र सवारी चालकहरूसँग ट्राफिक नियम सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्ने, नियमित र व्यवस्थित रुपमा चेकजाँज गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय बर्दिया प्रहरी हवलदार कृष्ण डाँगीले  दिनुभयो ।उहाँले सडक किनारमा बाक्लो बस्ती भएको स्थानमा बढी दुर्घटना हुने गरेको बताउनु भयो । उहाँले ग्रामीण क्षेत्रबाट आउने पैदल र साइकल यात्रीलाई ट्राफिक नियमको बारेमा जानकारी नहुँदा सडक दुर्घटना हुने गरेको बताउनु भयो । ट्राफिक नियमको बारेमा थाहा हुदाँहुदै पनि पालना नगर्ने प्रवृत्तिले पनि दुर्घटना बढाएको हवलदार डाँगीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.