bardiyahospital

 दलित महिला उत्थान संघ बर्दियाको अध्यक्षमा पुनः वि.क.

Geruwa GIF

बर्दिया । दलित महिला उत्थान संघ बर्दियाको अध्यक्षमा खिमा वि.क. पुनः सर्वसम्मतले चयन हुनुभएको छ उहाँको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।


दलित महिला उत्थान सङ्घ बर्दियाको ८ औ अधिवेशनले उपाध्यक्षमा लालसरी सुनार, महासचिवमा लक्ष्मी बराइली, कोषाध्यक्षमा बिवा वि.क. र सचिवमा हिरा रसाइली चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरमा रत्ना सुनार, युकुमारी बैगार, बिर्मा वि.क. र सदस्यमा कल्पना नेपाली चयन हुनुभएको छ । ८ औँ अधिवेशनमा निर्वाचन सम्पन्न गर्नका लागि कानून व्यवसायी केशव जिसीको संयोजकत्वमा संगिता थापा र टिका सम्सेली सम्मिलित ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । 

cld


सङ्घको २३ औँ साधारण सभा तथा ८ औँ अधिवेशनको उद्‌घाटन सत्रको उद्‌घाटन प्रमुख अतिथि एवं पूर्व उद्योग राज्यमन्त्री विमला विकले गर्नु भएको थियो । उहाँले  दलित महिला उत्थान संघले समुदाय रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । गरिब दुखी र उत्पिडनका परेका दलित समुदायलाई जिविकोपार्जन र सचेतना मूलक कार्यक्रम गरेर अगाडि बढाएको बताउनु भयो । उहाँले अझैपनि समुदायको लागि धेरै गर्न बाँकी रहेको बताउँदै संस्थालाई अझै उचाइमा पुर्‍याई समुदायलाई मजबुत बनाउन लाग्नु पर्ने बताउनु भयो ।


कार्यक्रममा राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, मानव अधिकार संजाल बर्दियाका अध्यक्ष कृष्ण पाठक, गैर सरकारी संस्था महासङ्घ बर्दियाका अध्यक्ष प्रिज्मा सिंह थारू, नागरिक समाज सञ्जाल बर्दियाका संयोजक हिमा सुनार, नेपाल पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष यादव आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो । 


कार्यक्रममा संस्थाकी कार्यक्रम संयोजक विष्णु नेपालीले संस्थाले गरेका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । अधिवेशनको बन्द सत्रमा सचिवले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले पेश गर्नु भएको लेखा प्रतिवेदन उपर ब्यापक छलफल गरी बहुमतले पारित गरेको छ । कार्यक्रमकाे सञ्चालन जिरा वि‍ क ले र स्वागत मन्तव्य काेषाध्यक्षा विवा वि कले गर्नु भएकाे थियाे ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.