कृष्णसार अनलाइन, गुलरिया । बबई बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा निःशुल्क ग्रेड वृद्धि कक्षा सञ्चालन गरिएको छ । स्ववियुको पहलमा अङ्ग्रेजी र लेखा विषयको ग्रेड वृद्धि कक्षा सञ्चालन गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा १२ को परीक्षामा अनुत्तीर्ण भएका र ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लक्ष्मण भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ निःशुल्क तयारी कक्षामा क्याम्पसमा रहेर अध्यापन गराइ रहनु भएका अङ्ग्रेजीका प्राध्यापकहरू मीनबहादुर चन्द्र, यमलाल भाट, धनबहादुर शाही, र वामदेव ज्ञवाली अङ्ग्रेजी र लेखामा प्राध्यापक , सुनिल कुमार आचार्य, बिकास न्यौपाने ओमप्रकाश भट्टराई ग्रेडबृद्धिको कक्षा लिइरहनु भएको छ । करिब एक महिनासम्म तयारी कक्षा सञ्चालन हुनेछ, यसबाट विद्यार्थीलाई पठनपाठन सहयोग पुग्नेछ । ’
त्यसैगरी स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियनका सदस्य तथा अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष कौशल सापकोटाले निःशुल्क तयारी कक्षाबाट करिब दुई सय विद्यार्थीहरू लाभान्वित भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तयारी कक्षामा राधाकृष्ण थारू बगलामुखी माध्यामिक विद्यालय, ध्रुव माध्यामिक विद्यालयले महाकवि देवकोटा माध्यामिक विद्यालय, नेपाल शम्भुशरण माध्यामिक विद्यालय, कोटही माध्यामिक विद्यालय र अन्य गुलरिया नगरपालिका बाहेकका अन्य पालिकाबाट विद्यार्थीहरू तयारी कक्षाका आउनु भएको छ ।’