Division forest_Ads
Barista_Training

मधुवनका सबै विद्यालयहरूलाई ताराको स्तरमा पुर्‍याइने 

Geruwa GIF

यज्ञप्रसाद सापकोटा, बर्दिया ।मधु्वन नगरपालिकाकी नगर उपप्रमुख अनिता चौधरीले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि अनुसार कार्ययोजना बनाई नगरपालिकाका सम्पूर्ण विद्यालयहरूको खानेपानी सरसफाइ तथा स्वच्छताको स्तरमा वृद्धि गर्ने बताउनु भएको छ । बेस बर्दियाले आयोजना गरेको विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली आधारभुत तत्व तथा अवरोध विश्लेषण तथा समिक्षf कार्यशालामा उहाँले सो कुरा बताउनु भएको हो । 


नगरपालिकाले विद्यालयको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी आवश्यक नीति सबै बनाएको बताउँदै थप नीति बनाउन परेमा बनाई नगरपालिकाका सबै विद्यालयलाई ताराको स्तरमा लैजाने बताउनु भयो । दुई विद्यालयमा वाटरएड नेपाल र बेस बर्दियाको सहयोगमा तारा घोषणा गर्ने काम भएको र बाँकी विद्यालयमा पनि सोही अनुसार काम गर्नुपर्ने बताउँदै बजेट अभावले गर्दा आवश्यक भौतिक संरचना बनाउन कठिन भएको बताउनु भयो ।

Basgadhi PSA_final


कार्यशाला गोष्ठीमा विगत एक वर्ष देखि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा भएका कार्यहरूको समीक्षा गर्दै आगामी दिनहरूमा गर्ने कामहरूको लेखा जोखा समेत गरीएको छ । काम गर्दा देखिने अवरोधहरूको विश्लेषण गरी अवरोध हटाउन गर्नुपर्ने कार्यको बारेमा समेत छलफल गरिएको थियो ।  


कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (एनएफडीएन) का प्रतिनीधि नेत्र सापकोटाले विद्यालय खानेपानी सरसफाइ र स्वच्छतामा विगतको तुलनामा हाल धेरै सुधार भएको बताउनु भयो । उहाँले अझैपनि धेरै कार्यहरू गर्न बाँकी रहेको बताउँदै नगरपालिकाले बनाएको कार्यविधिलाई कार्यन्वयन गर्न कार्ययोजना बनाई नगरपालिकाका सबै विद्यालयमा पुर्‍याउनु पर्ने बताउनु भयो । अपाङ्गता भएका विद्यार्थीहरूलाई कक्षा कोठा सम्मको पहुँचमा पुर्याउने, उनीहरूलाई सशक्तीकरण गर्ने जस्ता क्रियाकलापलाई थप अगाडि बढाउनु पर्ने बताउनु भयो । 


वाटर एड नेपालका कार्यक्रम व्यवस्थापक उमाशंकर यादवले नगरपालिकामा विगतको तुलनामा नीतिगत सुधार भएको बताउँदै कार्यविधि निर्माण । मर्मतसम्भार कोष स्थापना हुनु ठुलो उपलब्धि भएको बताउनु भयो । कार्यविधि लागू गर्नका लागि कार्ययोजना बनाई सबै विद्यालयमा लैजानु पर्ने बताउँदै तत्काल दुई ओटा विद्यालय थप गरेर विद्यालयको खानेपानी सरसफाइ र स्वच्छता सुधारका लागि अगाडि बढ्न नगरपालिकालाई आग्रह गर्नु भयो । खानेपानी सुधारका लागि नगरपालिका भित्र खानेपानी चेकजाँचका लागि ल्याब स्थापना गर्नुपर्ने बताउनु भयो । 


विद्यालयको तर्फबाट त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवाका प्रधानाध्यापक इन्द्रबहादुर सुनारले सबैको सहयोगमा विद्यालयलाई पहिलो तारा बनाउन सफल भएको बताउनु भयो । खानेपानी सरसफाइ र स्वच्छता सुधार पछि विद्यालयमा शिक्षण सिकाइमा सुधार भएको बताउँदै विद्यालयलाई तिन तारा बनाउनका लागि कोसिस गरिरहेको बताउनु भयो । उहाँले विद्यार्थीको सङ्ख्याको हिसाबले विद्यालयको वास संरचनामा कमी भएको बताउनु भयो ।
कार्यशालाका अध्यक्ष एवं बेस बर्दियाका अध्यक्ष विष्णु चौधरीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि परियोजना सञ्चालन भएको बताउँदै सवै मिलेर विद्यालयको शैक्षिक सुधार गर्न तर्फ लाग्नु आग्रह गर्नु भयो ।
वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द (एनएफसीसी), राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (एनएफडीएन) को प्राविधिक सहयोगमा बेस संस्था द्वारा वास गेन्स परियोजना सञ्चालनमा रहेको छ । बर्दिया जिल्लामा यस परियोजनाले पाँच ओटा नगरपालिकाका ३३ ओटा विद्यालयमा काम गरिरहेको छ । नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरुप स्तरीय संरचना निर्माण गरी  तिन तारे विद्यालय बनाउने उद्देश्यले परियोजना सञ्चालन भईरहेको बेस बर्दिया परियोजना संयोजक जगदिश प्रसाद चौधरीले बताउनु भयो । 


विद्यालयमा समाबेशी तथा पहुँच युक्त खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा उपलब्ध गराउने र  अपाङ्खता भएका वालबालिकाहरु र किशोर किशारीहरुको पहुँच बृद्धिका लागि सिकाईको वातावरण सृजना गर्ने उद्दश्यले  वास गेन्स परियोजना १ अप्रिल २०२३ देखि ३१ मार्च २०२६ सम्मको लागि संचालन गरिको हो । परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिकाको २ माध्यमिक र ३ ओटा आधारभुत विद्यालय, बारबर्दिया नगरपालिकाको ४ माध्यमिक र ६ आधारभुत विद्यालय, गुलरिया नगरपालिकाको १० ओटा माध्यमिक विद्यालय, मधुवन नगरपालिकाको २ ओटा माध्यमिक विद्यालय, र गेरुवा गाउँपालिकाको ४ माध्यमिक र २ ओटा आधारभुत विद्यालय गरी  जम्मा ३३ वटा विद्यालयहरुमा संचालन भईरहेको छ ।  

Leave A Reply

Your email address will not be published.