काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस र एमालेका शीर्ष नेताहरू बैठकले कार्यदल गठन गरेको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्ने र सत्तारुढ दलहरूसँग निरन्तर छलफल गर्ने निर्णय समेत भएको बैठकमा सहभागी नेताले बताउनु भयो । कार्यदलमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत र एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल निर्माण भएको हो ।
गत १७ असारमा भएको सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने निर्णय भएको थियो ।