Krishnasar_Dubble Ad
Barista_Training

बढैयाताल गाउँपालिकाको स्कारपियो दुर्घटना

सेतो नम्बर प्लेटको चेकजाँच नहुदाँ दुरुपयोग बढेको छ 

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकाको स्कारपियो  दुर्घटना भएको छ ।  पालिकाको भे १ झ २६४ नम्बरको स्कारपियो दुर्घना भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको हो ।

साँझ करिब साढे आठ बजेतिर भोलागौडीका चोक नजिक स्कारपियो दुर्घटना भएको हो । गाडी कसले कुन प्रयोजनको लागि किन लगेको सो बारेमा अझै अन्योल रहेको छ । गाडीको अवस्था नाजुक रहे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

सवारी दुर्घटना भएको विषयमा कृष्णसार अनलाइनसँग कुरा गर्दै बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले आफू नेपालगञ्जबाट फर्किए पछि  साँझ ६ बजे १५ मिनेटमा  गाडी अफिस राखेर फर्किएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कसले किन कहाँ गाडी लगेर जाँदै थियो , यस बारेमा मलाई जानकारी छैन् । गाडीको को को थियो , किन लगियो भन्ने बारेमा पनि  जानकारी छैन् । यसबारेमा मैले पनि बुभ्‍न खोजेको छु । ’

त्यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले पालिका गाडी दुर्घटना भएपछि सवारी साधन हेरेका आएको बताउनु भयो । पालिकाको गाडी अतिरिक्त समयमा चलाउने गरी  र जिल्ला बाहिर जानका लागि पास नभएको समेत जानकारी दिनुभयो । 

सेतो नम्बर प्लेटको चेकजाँच नहुदाँ दुरुपयोग बढेको छ 

सरकारी सवारी साधनको चेकजाँच नहुदाँ पनि  सेतो नम्बर प्लेटको सवारी साधनको दुरुपयोग बढेको स्थानहरूको आरोप रहेको छ । स्थानीयका अनुसार– ‘कर्मचारी घर बिदामा जाँदा , पूजाआजामा जादा भोज भतेरमा जाँदा सरकारी सवारी साधनको प्रयोग गर्दै आएका छन् ।  सरकारी कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिले  सरकारी सवारी साधन  दूरुपयोग गरे पनि सरोकारवाला निकायले यस बारेमा खासै चासो दिएको पाइदैन् । सरकारी कामको लागि प्रयोग गर्नुपर्ने सवारी साधन सरकारी काम भन्दा बढी व्यक्तिगत काममा प्रयोग हुँदै आएको छ । तर पनि सरोकारवाला निकाय मौन नै रहेको छ । ’

Basgadhi PSA_final

 

संहिता २०७८ मा के छ ?

सरकारी सवारी साधनहरूको सञ्चालन सम्बन्धी संहिता २०७८ मा कामको सिलसिलामा मात्र सरकारी सवारी साधनको प्रयोग गर्नुपर्ने र कार्यालयको अत्याधिक काम बिना कार्यालय समय अगाडि र पछाडि सामान्यता सवारी साधन प्रयोग गर्ने नहुने व्यवस्था रहेको छ । सवारी साधनको प्रयोग सम्बन्धी लगबुक सबै सरकारी निकायले अनिवार्य राख्नुपर्ने तथा कार्यालय प्रमुखबाट लगबुक प्रमाणित गरेर मात्र सवारी साधन सञ्चालन गर्नु संहितामा व्यवस्था रहेको छ ।
भने सवारी साधन राख्न कार्यालयले अनिवार्य रुपमा ग्यारेज वा अन्य सुरक्षित स्थानको व्यवस्था गर्नु पर्नेछ । भाडाको घर ÷ संरचना सञ्चालन भएका कार्यालयहरूको हकमा सो व्यवस्था गर्न नसकिएमा अन्य कुनै सरकारी कार्यालयको ग्योरज वा सुरक्षित स्थानमा  सवारी साधन राख्नुपर्ने संहितामा प्रष्ट व्यवस्था गरिएको छ ।
त्यसैगरी कार्यालयको कार्यसम्पादनका सिलसिलामा सवारी साधन लिई जिल्ला बाहिर जानुपर्ने अवस्थामा यात्रा गर्नुपर्ने उद्देश्य सहित  जिल्ला प्रशासन कार्यालयलाई सामान्यतः एक हप्ता अगावै अनुरोध गर्नुपर्ने र प्राप्त अनुरोधको औचित्यपूर्ण देखिएमा प्रमुख जिल्ला अधिकारीबाट सवारी साधन सञ्चालनको अनुमति दिने सरकारी सवारी साधनहरूको सञ्चालन सम्बन्धी संहितामा व्यवस्था रहेको छ । तर संहिता विपरित अधिकांश सरकारी कार्यालयले सवारी साधन दुरुप्रयोग गरेका पाइन्छ ।

 

संहिता पालना नगर्दा के हुन्छ ? 

सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनहरू अनुमति लिई सञ्चालन भए वा नभएको सम्बन्धमा जिल्ला भित्र रहेका प्रहरी चेकपोष्ट ÷ ट्राफिक प्रहरीबाट चेकजाँच हुने व्यवस्था संहितामा गरिएको छ  । भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई जिल्ला बाहिर जान लागेका सवारी साधनलाई प्रहरी ट्राफिक ÷ प्रहरी चेकपोष्टमा रहेका सुरक्षाकर्मीहरूले गन्तव्यमा जान रोक लगाउने व्यवस्था रहेको छ  । त्यसैगरी अनुमति नलिई जिल्ला बाहिर जान लागेका सवारी साधन तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गरी सार्वजनिक समेत गर्ने संहितामा उल्लेख गरिएको छ । 

सरकारी सवारी साधनको दूरुप्रयोग रोक्नका लागि संहिता रहे पनि सरकारी सवारी साधनको चेकजाँजमा कडाई नहुदाँ पटक पटक  सवारी दुरुप्रयोग हुने गरेको छ । भने अतिपय पालिकाले सवारी साधन दुरुघटना भएपनि कहि कतै अभिलेखमा सवारी साधन दुर्घटना रहेको अभिलेख भेटिदैन् ।  भने बर्दियाका अधिकाश सरकारी कार्यालयका सवारी साधन कार्यालयको ग्यारेज वा अन्य सुरक्षित नभएर सरकारी कर्मचारी वा जनप्रतिनिधीको घरमा सरकारी सवारी साधन रहेको पाइन्छ । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page