HPV KHOP
Barista_Training

वन मन्त्री शाही ठकुरीले गरे निकुञ्जको स्थलगत अवलोकन

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन निरीक्षण तथा भ्रमण गर्नुभएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र देखा परेको समस्यालाई स्थलगत रुपमा अध्ययन गर्ने  उद्देश्यले स्थलगत अवलोकन निरीक्षण भ्रमणको आयोजना भएको निकुञ्जको कार्यलयले  जनाएको छ ।अवलोकन भ्रमणमा आएको टोलीलाई निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले  संरक्षण तथा व्यवस्थापन लगायतका विषयमा प्रस्तुतिकरण गर्नुको साथै निकुञ्जको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।

Basgadhi PSA_final


मन्त्री शाही ठकुरीले नेतृत्वमा आएको स्थलगत अवलोकन टोलीमा वन तथा वातावरण मन्त्रायलका सहसचिव डाक्टर सिन्धु प्रसाद ढुङ्गाना, सहसचिव डाक्टर बुद्धिसागर पौडेल टोली रहेको थियो । त्यस अनुगमन टोलीमा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, बदिया जिल्लाका प्रहरी प्रमुख केदार खनाल,  निकुञ्ज सुरक्षार्थ खटिएको जवरजंग गणका गणपति चिरञ्जीवी पौडेल, बर्दिया संरक्षण कार्यक्रमका प्रमुख अजित तुम्बाहाम्फे रहनु भएको थियो । 

अनुगमन टोलीले निकुञ्जको वन्यजन्तुको वासस्थान अवलोकन गर्नुको साथै  गेरुवा नदीको वहाव परिवर्तनले गर्दा वन्यजन्तु र कृषि बालीनालीमा सिँचाइ परेको प्रभाव बारेमा बुभ्‍न निकुञ्जको लालमाटी क्षेत्रको अवलोकन निरीक्षण गरिएको निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर रामले बताउनु भयो ।  निकुञ्जमा अहिले देखिएको प्रमुख समस्या बर्सेनि हिउँदमा नदीले कर्णाली धार परिवर्तन गरेपछि  गेरुवा नदीमा पानीको अभाव भएको समेत डाक्टर रामले स्थलगत अवलोकन निरीक्षण भ्रमण जानकारी समेत गराउनु भयो । 

निकुञ्जको स्थलगत अनुगमन पछि भएको कार्यक्रममा मन्त्री शाही ठकुरीले बर्दिया जिल्लाका राजनैतिक दल लगायतका स्थानीय सरोकारवालाहरूसँग समेत छलफल गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । भने निकुञ्जको कर्मचारीसँग कर्णाली नदी व्यवस्थापन , मानव बन्यजन्तु सहअस्तित्व   निकुञ्ज देखा पर्ने समस्या लगायतको बारेका आवश्यक सुझाव माग्नु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले  जानकारी दिनुभयो । कर्मचारीको भएको भेटघाट कार्यक्रममा मन्त्री शाही ठकुरीले कर्मचारीलाई निर्देशन समेत दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.