Division forest_Ads
Barista_Training

स्कारपियो दुर्घटनाको विषयमा छानबिन समिति गठन

संयोजकमा वडा नं. ५ का वडा अध्यक्ष तुलाराम थारू

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकाको स्कारपियो दुर्घटनाको भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । पालिकाले स्कारपियो दुर्घटना बारेमा छानबिन गर्न वडा नं. ५ का वडा अध्यक्ष तुलाराम थारूको संयोजकत्वमा समिति गठन गरेको हो । 

पालिकाको भे १ झ २६४ नम्बरको स्कारपियो भोलागौडीका चोक नजिक दुर्घटना भएको हो । गाडी कसले कुन प्रयोजनको लागि किन लगेको सो विषयमा बाहिर नआएपछि पालिकाले छानबिन गर्नका समिति गठन गरेको हो । 

Basgadhi PSA_final

बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले पालिकाले गाडी कसले कुन प्रयोजनमा लागि कसको आदेशमा लगेको भन्ने बारेमा छानबिन गर्नका  लागि कार्यपालिकाको बैठक बसी वडा नं. ५ का वडा अध्यक्ष तुलाराम थारूको संयोजकत्वमा , छानबिन समितिको सदस्यमा वडा नं. ६ का अध्यक्ष शुक्रराज सापकोटाको र कार्यपालिका सदस्य चन्द्रकला बि.क रहने गरी छानबिन समिति गठन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ छानबिन समितीले ३ दिनमा छानबिन गरी प्रतिवेदन बुझाउने छ । त्यसपछि सत्यतथ्य के हो बाहिर आउने र दोषी जो सुकै भएपनि कानुनी कार्यबाही हुन्छ । ’सवारी चालकले मादक पदार्थ सेवन गरी चलाएको विषयमा स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि थाहा हुने जानकारी दिनुभयो । 

बढैयाताल गाउँपालिका एक स्थानीयका अनुसार भौलागौडी चोकमा रहेको होटलका बसी पालिकाका चार जना कर्मचारीले मादक पदार्थ सेवन गरेको बताउनु भयो । उहाँको अनुसार रक्सी सेवन गरेको एक कर्मचारीलाई घर पुर्याउन जानका लागि गाडी कार्यालयबाट निकालिएको थियो । तर सोही क्रममा सवारी दुर्घटना भएको  दाबी समेत गर्नु भयो । 

पालिका गाडी असोज १८ गते करिब साढे आठ बजेतिर राती दुर्घटना भएको हो । 

Leave A Reply

Your email address will not be published.