प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीसँग तीन दिने स्पष्टिकरण पेश गर्ने गरी लिखित पत्र पठाएको पाइएको छ ।
अध्यक्ष त्रिपाठीले अमेरिका भ्रमण गएको, निजामती ऐन तथा नियम प्रचलित कानुन अनुसार कार्यालयको कामसँग सम्बन्धित विषय वस्तु सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टिकरण पेश माग्नु भएको छ । भने सवारी साधन कसको आदेशमा बाहिर पठाएको र गुह मन्त्रालयबाट जग्गाको विषयमा आएको पत्र किन अध्यक्ष र कार्यपालिकालाई जानकारी नगराएको भन्दै लिखित स्पष्टिकरण माग गर्नु भएको छ ।
त्यसैगरी पालिका अध्यक्ष त्रिपाठीले प्रशासकीय अधिकृत सुवेदीलाई आफ्नो जिम्मेवारी अनुसार कार्यालय सञ्चालनको गर्ने नगरेको आफ्नो मनमानी तथा कर्मचारीको स्टाफ मिटिङ के कति कारणले नराखेको हो ? कार्यालय प्रमुखले भई सके पछि कर्मचारी प्रशासन चलाउने दायित्व र कार्यालय नगद जिन्सीको संरक्षण गर्ने दायित्व पुरा नगरेको , सेवा ग्राहीलाई दुख दिने गरेको तथा कार्यालय किन कार्यालय नआएको भन्दै भन्दै तीन दिने लिखित स्पष्टिकरण माग अध्यक्ष त्रिपाठीले माग्नु भएको छ ।
हिमालय त्रिपाठीले लिखित स्पष्टिकरण माग गरेको विषय विवादीत बन्दै गएपछि कार्यालय प्रमुख सुवेदी र गाउँपालिका अध्यक्ष त्रिपाठी बीचमा सित युद्ध चलेको अनुमान अन्य जनप्रतिनिधि र स्थानीहरू भनाई रहेको छ । कार्यालय प्रमुख र अध्यक्ष बीचको युद्धले पालिका कामले गति दिन नसकेको स्थानीयवासीहरूको बुझाइ रहेको छ ।
पालिका प्रमुखलाई स्पष्टिकरण माग गरिएको विषय सामाजिक सञ्जालबाट बाहिर आएपछि प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सामाजिक सञ्जालमा लेख्नु भएको छ – ‘के भनौँ र म हिजोको कुरा आज बिर्से पछि । ’यसरी सामाजिक सञ्जालबाट बाहिर आएको स्पष्टिकरण पत्र लगायत कार्यालय प्रमुख सुवेदीले हालेको पोष्टले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको बीचमा शीत युद्ध चलेको प्रष्ट हुन्छ ।
पालिकाको अध्यक्ष त्रिपाठीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई वैदेशिक तालिममा मनोनयन लागि साउन ३ गते सिफारिस पत्र दिएको पाइएको छ ।
पालिका अध्यक्ष त्रिपाठीले लुम्बिनी प्रदेश सरकार अन्तर्गत सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी वैदेशिक तालिम दिने स्वीकृत कार्यक्रमको लागि सिफारिस पत्र दिएको पाइएको हो ।
पत्रमा भनिएको छ – एगदष्अि ँष्लबलअष्ब िःबलबनझभलत आयोजनाबाट पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीको नाम समेत सो अध्ययन भ्रमणमा सहभागी हुनका लागि त्यहाँ मन्त्रालयमा पत्राचार भै गएको व्यहोराको पत्र तथा नामावली यस गाउँ पालिकाको इमेलमा प्राप्त भै जानकारी हुन आएकोले सो वैदेशिक तालिममा निजको नाम मनोनयन हुनका लागि यो सिफारिस साथ अनुरोध गरिन्छ । भन्दै पालिका अध्यक्ष त्रिपाठीले सिफारिस समेत दिनु भएको पत्र बाहिरिएको छ ।