

गुलरिया । मधुवन नगरपालिका वडा- ४ बेलुवामा ट्रक र मोटरसाइकल हुलाकी सडक दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएको छन् । सडक दुर्घटना परी मृत्यु हुनेमा मधुवन नगरपालिका – ५ का ५० वर्षीय तुलबहादुर गुरुङ र घाइते हुनेमा सोही स्थानका ४५ वर्षीय गोपी बस्नेत भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट राजापुर तर्फ आँउदै गरेको लु १ क ८६२ नं. को ट्रक र राजापुर बाट गुलरिया तर्फ जाँदै गरेको भे ९ प २०४३ नं. को मोटरसाइकलका एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । घाईते बस्नेतको सानोश्रीमा रहेको बिएण्डबी अस्पताल प्राथमिक उपचार थप उपचारको लागि नेपालगन्ज लगिएको थियो । भने मोटरसाइकल चालक गुरुङलाई उपचारको लागि लैजाने क्रममा बर्दिया अस्पताल गुलरियामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
थप उपचारको क्रममा नर्सिङ होम नेपालगञ्ज बाँके रिफर भई उपचाररत रहेका बस्नेतको अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगर जानकारी दिनु भयो । ट्रक, ट्रक चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।