


बर्दिया । बर्दियामा संक्रमणकालिन न्याय र महिला शान्ति सुरक्षा सम्बन्धी पत्रकारहरूलाई एक दिने क्षमता अभिवृद्धि कार्यशालाको आयोजना गरिएको छ ।
बर्दियाको मधुवन नगरपालिका वडा नं १मा रहेको टाइगर भिल्ला रिसोर्टमा आयोजना गरिएको कार्यशालामा बर्दिया र बाँके जिल्लाका पत्रकारहरूलाई सहभागी गराइएको थियो । कार्यशालामा सङ्क्रमणकालीन न्याय र महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को बारेमा जानकारी गराइएको थियो ।
सङ्क्रमणकालीन न्याय र त्यसको आवश्यकता महत्वको बारेमा पत्रकारहरूलाई जानकारी गराइएको छ । भने महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाका बारेमा समेत जानकारी गराइएको छ ।
द्वन्द्वपीडित समिति बर्दियाले युरेपियन युनियन र द स्टोरी किचेनको सहयोगमा सङ्क्रमणकालीन न्याय, सङ्क्रमणकालीन न्यायका मापदण्ड र उपायहरू तथा दोस्रो राष्ट्रिय कार्ययोजना कार्यन्वयनको विषयमा सञ्चारकर्मीहरूलाई अभिभुखिकरण गरिएको हो । सञ्चारकर्मीहरूलाई द्वन्द्वपीडित समितिका अध्यक्ष भागीराम चौधरीले द्वन्द्वपीडितहरुको वर्तमान अवस्था सत्य निरुपण तथा मेलमिलापको विषयमा सहजीकरण गर्नुभयो । त्यसैगरी सङ्क्रमण कालिन न्याय, महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घको सुरक्षा प्रस्ताव नं १३२५ र १८२० को कार्यन्वयनको अवस्थाको बारेमा द स्टोरी किचेनका कार्यक्रम संयोजक मिना वि.क.ले सहजीकरण गर्नुभएको थियो
सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजनाको तिन वर्षे अवधि सकिनै लागेको छ । तर पनि कार्ययोजना पूर्ण रुपमा लागू भएको छैन । बर्दियाको ठाकुरबाबा नगरपालिका देश मै पहिलो आवश्यक्ता पहिचान उपसमिति बनाई कार्ययोजना लागू गरेको छ । नगरपालिकाले विगतको द्वन्द्वको समयमा यौन हिंसामा परेका महिला तथा बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गरिसकेको छ । कार्ययोजना कार्यन्वयनको क्रममा गरेका कामहरूको बारेमा ठाकुरबाबा नगरपालिकाका उपमेयर विना भट्टराईले सहजीकरण गर्नु भयो ।
कार्यक्रमका वक्ताहरूले पत्रकारहरूले दोस्रो कार्ययोजना प्रभावकारी कार्यन्वयनका लागि पत्रकारहरूले कलम चलाउने अपेक्षा गरेका छन् नेपाल पत्रकार महासङ्घ बर्दियाको समन्वयमा द्वन्द्वपीडित समिति बर्दियाको आयोजनामा सञ्चालन गरिएको थियो ।