Division forest_Ads
Barista_Training

तिहारमा बर्दिया अदालत खुल्लै 

Geruwa GIF

 बर्दिया
नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको समयमा पनि बर्दिया अदालत खुल्ला रहने भएको छ । बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्ने, पक्राऊ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने तथा पक्राउ पुर्जी समर्थन गर्न तिहारमा अदालत खुल्ला रहने भएको हो । उक्त कामको लागि  शनिबार र भाइ टिकाको दिन बाहेक अन्य सबै दिनहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म अदालत खुल्ला रहने छ । 

Basgadhi PSA_final


बर्दिया अदालतका स्रेस्तेदार कपिल पौड्यालका अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्ने र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्नका लागि अदालत खुल्ला रहने हो । 


अन्य नियमित कामको लागि भने बर्दिया अदालत बन्द रहने बर्दिया अदालतकी सूचना अधिकारी अमृता केसीले बताउनु भयो ।  

 

Leave A Reply

Your email address will not be published.