

बर्दिया । गुलरिया नगरपालिका – ६ मा रहेको एक पसलमा आगलागी भएको छ । विद्युतको तार सर्ट भएर सञ्जय मोटर पार्टस ग्यारेजमा आगलागी भएको हो ।

बिहीबार साँझ करिब ७ बजे विधुतको लाइन सर्ट भएर आगलागी भएपछि दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोग आगलागी नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी ऋषिराम घर्ती मगर बताउनु भयो ।
उहाँले आगलागीबाट भएको आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।