Division forest_Ads
Barista_Training

घुम्तीकोष सञ्चालनबाट फाइदामा स्थानीयवासी 

Geruwa GIF
ठाकुरबाबा । बर्दियाको ठाकुरद्धारामा मध्यवर्ती क्षेत्रका स्थानीयवासीहरुलाई दिईएको सेवा सुविधाका बारेमा एक दिने कार्याशाला गोष्ठिको आयोजना गरीएको छ । जेड एस एल नेपालले एकिकृत बाघको बासस्थान व्यवस्थापन कार्यक्रमको पहिलो दोस्रो र तेस्रो चरणको कार्यक्रम अन्तर्गतका मध्यवर्ती क्षेत्रमा बस्ने सरोकारवालाहरुको सहभागितामा गोष्ठिको आयोजना गरीएको हो ।
गोष्ठिका सहभागीहरुले जेडएसएल नेपालले सञ्चालन गरेको जिविकोपार्जन सुधार कार्यक्रम अन्र्तगत घुम्तीकोषबाट मनग्ये फाइदा लिएको बताएका छन् । २२ ओटा समुहमा ९४ लाख बराबरको घुम्तिकोष स्थापना गरी बार्षिक ६ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराईएको छ ।
परियोजनाले साझेदार संस्थाहरु मार्फत विभिन्न कार्यक्रम गरीरहेको छ । पहिलो दोस्रो र तेस्रो चरणको कार्यक्रममा साझेदार संस्थाहरु मार्फत गरेका कार्यहरुबारेमा सेवा ग्राहीहरुलाई जानकारी दिईएको थियो । त्यसैगरी आगामी दिनहरुमा परियोजना गर्नुपर्ने कार्यहरुको बारेमा समेत छलफल गरीएको छ ।
जेड एस एल नेपालले बर्दिया जिल्लाका मध्यवर्ती क्षेत्रहरुमा ६ ओटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा ५५ लाख ९८ हजार बराबरको तत्काल राहत कोष, २२ ओटा समुहहरुमा ९४ लाख बराबरको जिविकोपार्जन सुधार कार्यक्रम, ३८ लाख ६० हजार लगानी तिन ओटा होमस्टे व्यवस्थापन कार्यक्रम, निकुन्जको मुख्य क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, सोलार जडित पोखरी निर्माण, मचान निर्माण, अग्निरेखा व्यवस्थापन लगाएत मानव वन्यजन्तू द्वन्द्व न्यूनीकरण कार्यक्रम सञ्चालन गरीएको जेड एस एल नेपाल कोहलपुरका फिल्ड कार्यक्रम अधिकृत प्रदिप सेढाइले बताउनु भयो । उहाँले मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई विभिन्न जिविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुका साथै बर्दिया राष्ट्रिय निकुञ्जलाई विभिन्न प्राविधिक सहयोग गरीरहेको बताउनु भयो ।
Basgadhi PSA_final
कार्यक्रममा बोल्दै ठाकुरबाबा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले उत्पादिन वस्तुलाई बजारीकरण गर्न जरुरी रहेको बताउँदै आगामी दिनमा परियोजनाले त्यस तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
जेड एस एल नेपालले बर्दियाका जिल्ला मध्वर्ती क्षेत्रमा उपभोक्ता समितिलाई प्रदान गरेको तत्काल राहत कोष प्रभावकारी प्रयोग हुँदै आएको छ । वन्यजन्तुको आक्रमणबाट घाईते भएका वा मृत्यु भएकालाई नेपाल सरकारबाट राहत नआउँदा सम्मको लागि तत्काल समस्या नपरोस भनेर तत्काल राहत कोष स्थापना गरिएको थियो । विशेष गरी वन्यजन्तुको आक्रमणबाट घाईते भएकाहरुको लागि तत्काल उपचारका लागि रकम परिचालन गर्न सहज भएको  असारेगौडी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अधयक्ष ताराजङ्ग मल्लले बताउनु भयो ।
केही  बर्ष अगाडी सम्म सानो लगानी समेत गर्न नसकेर बाख्रा पालन लगाएत पशु पंक्षी पालन गर्न नसकेका महिलाहरु अहिले जिविकोपार्जन सुधार कार्यक्रमबाट सस्तो व्याजदरमा ऋण लिएर बाख्रापालन गरीरहेका छन् ।  ठाकुरबाबा नगरपालिका वडा नं ६ की आशा चौधरीले घुम्तीकोषबाट सस्तो व्याजदरमा ऋण लिएर बाख्रापालन, बंगुरपालन र तरकारी खेती गरीरहेको बताउनुु भयो ।
Leave A Reply

Your email address will not be published.