प्रकाश पौडेल, गुलरिया । बर्दिया जबरजस्ती करणीको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्याङ्क अनुसार जबरजस्ती करणीको घटना बढ्दै गएको पाइएको हो ।
लोग्ने मानिसले आफ्नो यौन इच्छा पूरा गर्न नाबालिकाको हकमा मजुरी लिई वा मन्जुरी नलिई र उमेर पुगेका महिलाको मन्जुरी नलिई, करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई धाक धम्की जबरजस्तीसँग अनुचित काम जबरजस्ती करणी गरेको मानिन्छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷०८२ को असोज महिनासम्म १० वट मुद्दा, आर्थिक वर्ष २०८०÷०८१ मा ६२ वटा मुद्धा आर्थिक वर्ष २०७९÷०८० मा ३६ वटा मुद्दा, आर्थिक वर्ष २०७८÷०७९ मा ५० वटा मुद्दा, आर्थिक वर्ष २०७७÷०७८ मा ४९ वटा मुद्दा, आर्थिक वर्ष २०७६÷०७७ मा ३९ वटा जबरजस्ती करणीको मुद्दामा भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले समाज घट्नुका सामाजिक, सांस्कृतिक, मानसिक, मनौवैज्ञानिक, चेतनाको स्त्तर, बढ्दो मोबाइलको प्रयोग, सामाजिक सञ्जालको प्रभाव, पारिवारिक विशृङ्खलता लगायतका कारण जबरजस्ती करणीको घटना बढेको बताउनु भयो । उहाँले समाजमा यस्ता घट्ना घटनाहरूको दबाउने र लुकाउने क्रम घट्दै गएको पनि जबर्जस्ती करणीको मुद्दा दर्ता सङ्ख्या बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ प्रहरीले विद्यालय, समुदायमा सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जबरजस्ती करणीको बोरमा समुदायलाई सचेत बनाउन सके यस्ता घट्ना कम हुँदै जान्छ । सञ्चार माध्यम र अन्य सरोकारवाला निकाय सबैको प्रयासले यस्ता घटना न्यूनिकरण गर्न सकिन्छ । ’
बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डेले कानुनमा पीडितको गोपनीयताको हकको ग्यारेन्टी गरेको पनि जबरजस्ती करणीको मुद्दा दर्ता सङ्ख्या बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पहिला पहिला समाजमा आफ्नो र परिवारको बेइज्जत हुने कतिपय घटना बाहिर आउने नसकेको थिएन । तर पछिल्लो दिनमा अन्याय सहनु हुन्न भन्ने मान्यता कारण पनि जबरजस्ती करणीको मुद्दाको सङ्ख्या बढेको हो ।अदालतमा आउने मुद्दाको प्रकृति हेर्दा नजिकको आफन्त र छिमेकीहरू पीडित भएको देखिन्छ । ’
उहाँले विद्यालय स्तरबाट नै यौन शिक्षासँगसँगै कानुनी शिक्षाको विषय पाठ्यक्रममा समावेश गरेर शिक्षा दिन सके महिला तथा बालिका माथि हुने जबरजस्ती करणीको घट्ना कम गर्न मदत पुग्ने बताउनु भयो । साथै समुदाय स्तरमा पनि मूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको छ ।
हिरासतमा एक सय ६१ बन्दी
जबरजस्ती करणीको सजाय पाएका र बलात्कारको आरोपमा पूर्पक्षमा लागि कारागार पठाइएका एक सय ६१ जना केदीबन्दी र थुनुवाबन्दी हिरासतमा रहेको कारागार कार्यालय बर्दियाले जनाएको छ ।
जबरजस्ती करणीका कसुरमा सजाय भएका एक सय ११ जना पुरुष र एक जना महिला गरी एक सय १२ जना कैदीबन्दी तथा जबरजस्ती करणीको आरोपमा पूर्पक्षको लागि पठाएको ४९ जना थुनुवाबन्दी हिरासतमा रहेको जिल्ला कारागारको प्रमुख काशी पँग्रेनीले बताउनुभयो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा कुनै पनि महिलालाई निजको मञ्जुरी नलिई वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालबालिकालाई करणी गरेमा निजले पाउने त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने कानुनी व्यवस्था रहेको छ ।