bardiyahospital

बलात्कारको कसुरमा १० वर्ष कैद सजायको फैसला

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया ।  बर्दियामा १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बर्दिया जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले बारबर्दिया नगरपालिका वडा नं ६ का २१ वर्षीय हरि खड्कालाई १० वर्ष कैद सजाय फैसला गरेको हो । 

 बर्दिया जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको कात्तिक २५ गते इजलासले कसुर ठहर गर्दै १० कैद, ५० हजार रुपैयाँ क्षतिपुर्ति, पाँच लाख रुपैयाँ जरिवाना सहितको फैसला भएको बर्दिया अदालतको शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनु भयो । 

cld

खड्काले २०८० भदौ ५ गते बालिकालाई  बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यालय, बानियाभारमा उजुरी दिएको थिए । खड्कालाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको थियो । भने जिल्ला सरकारी वकिलको कार्यालय, बर्दियाले  २०८० असोज २ गते जबरजस्ती करणीको अभियोगमा बर्दिया जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.