Division forest_Ads
Barista_Training

 वार्षिक साधारण सभामा आठ जना जेष्ठनागरिकलाई सम्मान

Geruwa GIF

यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले आठ जना जेष्ठ नागरीक शेयर सदस्यहरूलाई सम्मान गरेको छ । २७ औ वार्षिक साधारण सभाको अवसरमा जेष्ठनागरिकहरूलाई पोषिलो खाना, दोसल्ला र सम्मान पत्र दिएर सम्मान गरिएको हो ।
सहकारीले ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । सहकारीमा लामो समय देखि योगदान गर्ने जेष्ठनागरिकलाई प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको ताराताल सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष प्र्रेम प्रसाद तिमिल्सिनाले बताउनु भयो । 


त्यसैगरी एसइइमा उत्कृष्ट अंक ल्याउने चार जना छात्र छात्रालाई सम्मान गरिएको छ । उनीहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो । १३ जना उत्कृष्ट कृषक सदस्यहरुलाई पनि प्रमाण पत्र र कृषि सँग सम्बन्धित सामाग्री दिएर सम्मान गरिएको छ । सहकारीले हरेक वर्ष जेष्ठनागरिक, कृषक र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्दै आएको छ । 

Basgadhi PSA_final


२०५५ सालमा स्थापना भएको सहकारीमा हाल तिन हजार ६ सय ३६ जना शेयर सदस्य रहेका छन् । ४ सय ५९ ओटा समुहमा विभाजित रहेका छन् । सहकारीको हाल सम्म शेयर रकम पाँच करोड ९२ लाख ३ हजार तिन सय र निक्षेप रकम ४४ करोड ५५ लाख ९८ हजार ४ सय २९ रुपैयाँ रहेको मुख्य प्रबन्धक डम्बर केसीले बताउनु भयो । 


साधारण सभामा जगेडा कोष रकम सात करोड ९१ लाख ७९ हजार दुई सय ३८रुपैयाँ र नाफा दुई करोड ७१ लाख ५१ हजार नौ सय पाँच रुपैयाँ रहेको उहाँले बताउनु भयो । संस्थाको लरर ८९ करोड ६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ  र पाउनु पर्ने व्याज बाँकी ५३ लाख ३७ हजार र असुली दर ९६ प्रतिशत रहेको साधारण सभामा प्रस्तुत गरीएको प्रतिवेदनमा उल्लेख छ । 


उद्घाटन कार्यक्रमका शुभकामना मन्तव्य दिँदै निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य कुलप्रसाद पोखरेलले अरु सहकारीहरू विवादित भइरहेको अवस्थामा यस सहकारीको राम्रो प्रगती हुँदै गएको बताउनु भयो । उहाँले सहकारीको सिद्धान्त र नियम अनुसार चलिरहेको हुनाले सहकारी राम्रो सँग चलेको बताउनु भयो । अब सहकारीले शेयर सदस्यको जिवनस्तर उकास्नका लागि पनि महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो ।
सानाकिसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय नेपालगञ्जका शाखा प्रबन्धक विशाल कुमार तुलाधरले गत बर्ष इलाकाका ९६ ओटा सहकारी संस्थाहरू मध्ये सर्वोत्कृष्ट भएको बताउनु भयो । उहाँले यस वर्ष ताराताल सानाकिसान मात्र क प्लस ल्याएर सर्वोत्कृष्ट भएको बताउँदै राष्ट्रिय स्तरको प्रतिस्पर्धामा जाने बताउनु भयो । सानाकिसान सहकारीले पुरा गर्नुपर्ने ३५ ओटा सुचकांकहरुमा २५ ओटा सुचाकांकमा क प्लस, सात ओटामा सुधार गर्नुपर्ने र  तिन ओटामा अत्यन्त कमजोर भएको उहाँले बताउनु भयो । आगामी दिनमा सबै सुचकांक पुरा गरी देश मै उत्कृष्ट हुनका लागि शुभकामना दिँदै शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीको मेहनको फल भएको बताउनु भयो ।


मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले जनताको जिवनस्तर उकास्नका लागि सहकारीले ठुलो भुमिका खेलेको बताउनु भयो उहाँले स साना कामका लागि स सानो ऋण दिएर सहकारीले व्यवसायीक बनाउँदै गएको बताउनु भयो । मधुवन नगरपालिकाले १० लाखको लगानी गरी  ४ ओटा सहकारी मार्फत सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद गर्नका लागि अनुदान दिएको बताउनु भयो । १० लाखको लगानीले हाल कृषकहरूको खल्तिमा दुई करोड भन्दा बढि रकम गएको बताउनु भयो ।
मधुवन नगरपालिकाका संस्थापक नगरप्रमुख गणेशबहादुर केसीले सहकारीले शेयर सदस्यहरुको जीवनस्तर उकास्नका लागि भुमिका खेल्नु पर्ने बताउँदै सानाकिसानले ऋण प्रवाह गर्दा लिने गरेको व्याजको दर समायोजना गरी घटाउनु पर्ने बताउनु भयो ।
साधारण सभाले सहकारी संस्था व्यवस्थापनका लागि १४ ओटा कार्यविधि पास गरेको छ । भने १५ ओटा प्रस्ताव माथि छलफल गर्दै पास गरिएको सहकारीका अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.