Division forest_Ads
Barista_Training

जबरजस्ती करणीको कसुरमा ९ वर्ष कैद सजाय

Geruwa GIF

 कृष्णसार अनलाइन, गुलरिया ।  १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा बर्दिया जिल्ला अदालतले ९ वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले गेरुवा गाउँपालिका –३  का २५ वर्षीय बाबुराम सोनाहालाई   ९ वर्ष कैद सजायको फैसला गरेको हो । 

Basgadhi PSA_final

अदालतका न्यायाधीश डल्लुराम चौधरीको कात्तिक २६ गतेको इजलासले जबरजस्ती करणीको कसुरमा  ९ वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति र १८ सय पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो । 

बालिकालाई ०७५ माघ १३ गते  बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १३ गते इलाका प्रहरी कार्यालय, पाताभारमा  उजुरी दिएको थिए ।   भने जिल्ला सरकारी वकिलको कार्यालय, बर्दियाले  २०८१ साउन ४ गते जबरजस्ती करणीको अभियोगमा बर्दिया जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । 

Leave A Reply

Your email address will not be published.