Division forest_Ads
Barista_Training

जबरजस्ती करणी गरेको कसुरमा १२ वर्ष कैद सजाय 

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा बर्दिया जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले सल्यान  बनगाड कुपिन्डे नगरपालिका  –७   का ४३ वर्षीय जगत वली क्षेत्रीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

Basgadhi PSA_final

अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१  कात्तिक २५ गतेको इजलासले १२ वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति, ५ लाख रुपियाँ जरिवाना पीडित राहत कोषमा २० हजार  भराउने फैसला गरेको अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

बालिकालाई ०८१ जेठ ३२  गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ६ गते  इलाका प्रहरी कार्यालय, बानियाँभारमा उजुरी दिएको थियो । वली क्षेत्रीलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको थियो । भने जिल्ला सरकारी वकिलको कार्यालय, बर्दियाले  २०८१ असार २६ गते जबरजस्ती करणीको अभियोगमा बर्दिया जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । 

Leave A Reply

Your email address will not be published.