कृष्णसार अनलाइन, गुलरिया । १८ वर्षीया लाई जबरजस्ती करणी गरेको कसुरमा बर्दिया जिल्ला अदालतले ७ वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले ठाकुरबाबा नगरपालिका –९ का २५ वर्षीया गगन सिंह सुनारलाई ७ वर्ष १ महिना कैद सजायको फैसला गरेको छ ।
अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ कात्तिक ३० गतेको इजलासले ७ वर्ष १ महिना कैद सजाय फैसला गरेको हो । फैसलामा ५० हजार रुपियाँ क्षतिपूर्ति, तीन लाख रुपियाँ जरिवाना र १२ हजार रुपैयाँ पीडित राहत कोषमा २० भराउने फैसला गरेको अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।
युवतीलाई ०७९ चैत्र १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत्र १२ गते इलाका प्रहरी कार्यालय, बगनाहामा उजुरी दिएको थियो । सुनारलाई प्रहरीले असार ६ गते पक्राउ गरेको थियो । भने जिल्ला सरकारी वकिलको कार्यालय, बर्दियाले २०८० बैशाख ४ गते जबरजस्ती करणीको अभियोगमा बर्दिया जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।