bardiyahospital

बर्दियामा दुई दलिय संयन्त्रको बैठक सम्पन्न

Geruwa GIF

गुलरिया । बर्दियामा दुई दलिय राजनीतिक संयन्त्रको बैठक बसेको छ । गठबन्धन सरकारका दुईदल विच आज विहान बैठक बसेको हो । नेपाली काँग्रेस बर्दियाका अध्यक्ष अरुणसींह राठौरको अध्यक्षतामा बसेको बैठकले तिन ओटा निर्णय गरेको छ ।
बैठकले संयुक्त सरकारलाई सफल बनाउनका लागि जिल्ला र स्थानीयस्तरमा दुई पार्टी विच नियमित कोर्डिनेशन बैठक सञ्चालन गरी विकास र जनजिविकाको सवालमा साझा धारण बनाउने निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहका पार्टी कमिटीका प्रमुख र जनप्रतिनीधिहरुको विचमा छलफलको आयोजना गर्ने र जनतालार्य शुसानको अनुभुती दिलाउनका लागि दुवै दलका नेताहरुले बर्दिया जिल्ला स्थित कार्यालका प्रमुखहरुको ध्यानाकर्षण गराउने र पहल कदमी गर्ने निर्णय गरेका छन् ।
आज विहान भएको बैठकमा विभिन्न समसामयीक विषयमा समेत छलफल भएको नेकपा एमालेका अध्यक्ष शालिकराम अधिकारीले बताउनु भयो । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया इन्चार्ज लक्ष्मणराज ज्ञावली, नेपाली काँग्रेसका सभापति अरुणसींह राठौर, नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारी, नेपाली काँग्रेस बर्दियाका उपसभापति गोवीन्द प्रसाद थारु, नेपाली काँग्रेसका सचिव जग्गा पाण्डे र नेकपा एमालेका सचिव पदम ढकालको उपस्थिती रहेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.