Division forest_Ads
Barista_Training

हात्तीको आक्रमणबाट श्रीमान् गुमाएर पनि संरक्षणमा – अमृता

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । वन्यजन्तु अबोध हुन्छन् । उनीहरूलाई केही थाहा हुँदैन । जङ्गल जाँदा वा जनावरहरूसँग जम्काभेट हुँदा मानिस नै सचेत हुनुपर्छ । जनावर भन्दा मानिसको बुद्धि धेरै हुन्छ । त्यसकारण पनि मानिसले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । जनावरबाट सुरक्षित हुने उपायको खोजी गर्नुपर्छ ।  यो ठाकुरबाबा नगरपालिका – ९  हात्तीसारकी ५५ वर्षीया अमृता जैसीको भनाई हो ।

 जैसीको श्रीमानलाई २०६६ सालमा हात्तीको आक्रमणबाट मृत्यु भयो । दैनिक घरायसी काममा व्यस्त हुने जैसी संरक्षणको कार्यक्रममा समेत सक्रिय हुनुहुन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज, लगतयत संघसंस्थाको आयोजनामा हुने संरक्षण सम्बन्धी तालिम अन्तरक्रिया, गोष्ठीमा समेत जैसी सहभागी हुनुहुन्छ । घरमा रहेका बाख्रालाई डालेघाँस दिदैँ जैसी भन्नुहुन्छ, ‘मान्छेझैँ जनावरको पनि जङ्गल घर हो । मान्छे बुझने भएकोले पाहुनालाई सोध्न सक्छ । तर जनावर सोध्न सक्दैन । मान्छे जङ्गलमा जाँदा जनावरले आफू असुरक्षित भएको महसुस गर्छ । र आक्रमण गर्न सक्छ । त्यसकारण जङ्गल जाँदा सावधानी अपनाउनु पर्छ ।’ 

समुदाय जङ्गलमा नै निर्भर छ । घाँस दाउरा, पात, पतिङ्गर लागि जङ्गलमा नै जानुपर्छ । निकुञ्जसँग जोडिएको सामुदायिक वनमा जनावरहरू हुन सक्छन् । त्यसकारण सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने जैसीले बुझाइ रहेको छ । जैसी भन्नुहुन्छ, ‘ सकेसम्म वनसँगको निर्भरता कम गर्दै जानुपर्छ । वनमा जानै परेमा समुहमा जानुपर्छ । जनावरलाई जिस्काउने, हुदैन् । आफू सुरक्षित  भएर बस्नुपर्छ ।’

जैसीको दुईवटा छोरा मध्ये जेठो छोरोले हाडवयरको पसल सञ्चालन गर्नु भएको छ । भने कान्छो छोरा पर्यटन व्यवसायमा जोडिनु भएको छ । घरको आगनमा आउने चरालाई खानका लागि चामलका दाना आगनमा छर्दै, जैसीले भन्नुभयो, ‘ हाम्रो घरको वरिपरि ४०÷५० प्रजातिका चराहरू आँउछन् । उनीहरूको आवाज सुन्दा रमाइलो लाग्छ ।’

घरमा ६÷७ बाख्रा छन् । हाँसकुखुरा छन् । छोराहरू दिनभर काममा जान्छन् । ‘दिनभर मेरो साथी भनेको यिनै हाँस कुखुरा हुन’ जैसीले भन्नुभयो ।  घरको पछाडि रहेको खौराहा देखाउदै जैसीले खोलामा चितल, मृग, हात्ती, बाघ लगायतमा जनावर पानी खान आउने गरेको जानकारी दिनुभयो ।

Basgadhi PSA_final

वन्यजन्तुबाट पीडित मासिक भर्ता 

राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दियामा प्रमुख अजित तुम्बाहाङफे वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाएका एकल महिलालाई शारिरीक रुपमा अंगभंग भएका ३६  सहयोग गर्दै आएको जानकारी दिनभयो । उहाँले पीडित परिवारलाई मासिक एक हजार पाँच सय रुपैया राष्ट्रिय प्रकृति संरक्षण कोषले सहयोग गर्दै आएको बताउनु भयो ।

जैसी– मैले पति गुमाए झै अरुले परिवार गुमाउन नपरोस् 

 निकुञ्जमा बाघ र हात्ती लगायतको जनावरको संख्या बढ्दै भएको छ ।  जनावरको संख्या बढ्दैको खुसी हुदैँ जैसीले भन्नुहुन्छ, ‘निकुञ्ज रहेको जनावरको कारण ठाकुरद्दाराको परिचय फेरिएको छ । बाघ, हाती, गैडा, लगायतका जनावर हेर्न स्वदेशी तथा बिदेशी पाहुना आउने गर्छन् । यो ठाकुरद्दारा बासीका लागि निकुञ्ज अवसर हो । भने निकुञ्जबाट पर्याप्त मात्रामा फाइदा लिन नसक्नु कमजोरी हो । तर कहिलेकाँही जनावर मानिस मारेको,  घर भत्काएको सुन्दा  खेतबारी पसेर नोक्सान गरेको सुन्दा नरमाइलो लाग्छ । सरकारले निकुञ्जले पनि जनावर नोक्सान नगर्ने बाली उत्पादनमा जोड् दिनुपर्छ ।’
निकुञ्जभित्र सफारीको लागि लागि बाघ हात्ती लगायतकोे जनावर देखेको रमाइलो पल सम्झदै जैसीले भन्नुभयो, ‘संसार सबैको घर हो । संसारमा हिमाल पहाड तराइ समुन्द्र, नदीनाला रुखबिरुवा मानिस जनावर धेरै थोक यहाँ अटाएको छ । तर मानिसहरु यो संसार हाम्रो मात्र हो भनेझै  गर्छन् । संसार सबैको हो   यसका सबै जना अटाउने वातावरण निर्माण गर्नुपर्छ ।’
कहिलेकाँही मानव वन्यजन्तुको बीचमा द्धन्द हुन्छ । जसबाट मानविय क्षति समेत हुन्छ । सरकारले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हुने मानव वन्यजन्तुको बीचमा हुने द्धन्द न्युनिकरणको उपाय खोज्नुपर्छ र मानव वन्यवन्तुको सहअस्तित्व कार्यम गर्नुपर्छ ।  जनावरको आक्रमणबाट  क्षति कम गर्ने कार्यक्रम ल्याउनु पर्छ ।  जनावरको आक्रमणबाट मैले पति गुमाए झै अरुले  व्यक्तिले घरको कोही गुमाउन नपरो्स् भन्ने लागिरहन्छ ’जैसीले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.