Division forest_Ads
Barista_Training

 एकसिँगे गैँडाको अनुगमन गर्दै निकुञ्ज

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जले एकसिँगे गैँडाको अनुगमन तथा स्वीप अप्रेसन सुरु गरेको छ । खाता जैविक मार्ग तथा गेरुवा कर्णाली भँगालोको आसपासमा निकुञ्जले गैँडाको अवस्था तथा सङ्ख्याको गणना गर्न स्वीप अप्रसेन सुरु गरेको हो ।

बर्दिया दोस्रो ठुलो संख्यामा  गैँडा रहेको छ । निकुञ्जले गत आर्थिक वर्षको पुष देखि जेठसम्म कर्णाली नदी तटीय क्षेत्र र बबई  उपत्यकामा गैँडाको बासस्थानको अनुगमन गर्दा कर्णाली नदी तटीय क्षेत्रमा ३६ वटा गैँडा र बबई उपत्यकामा २ वटा गैँडा फेला पारेको निकुञ्जले जनाएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक राम बर्दिया गैँडाको अवस्था के छ भनेर अनुगमन गर्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ निकुञ्जभित्र चोरी सिकार भएको छ वा छैन् भनेर हेर्ने तथा जनावरहरू  कतै पासोमा पारेको छ ही भनेर हेर्ने  हो । त्यसको साथै गैँडाको सङ्ख्या कस्तो छ भनेर गेरुवा देखि लालमाटीसम्म क्षेत्र अनुगमन गरिने छ ।’

Basgadhi PSA_final

अनुगमन बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बर्दिया, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले सयुक्त रुपमा अनुगमन  सुरु गरेको छ ।  गैँडा अनुगमनको काम १५ दिनसम्म हुने निकुञ्जको कार्यालयले जनाएको छ ।  
 

Leave A Reply

Your email address will not be published.