Division forest_Ads
Barista_Training

बर्दियामा मुसुरो खेतीको प्रबद्र्धन गरिदै

Geruwa GIF
Basgadhi PSA_final

बर्दिया । कुनै समयमा देशबाटै विभिन्न मुलुकमा निर्यात गरिने मसुरोको खेती अहिले अत्यन्त न्युन भएको छ । अत्यन्त पोषण युक्त मसुरो खेतीको लागि उत्तम मानिएको बर्दिया जिल्लामा समेत मसुरो खेती अत्यन्त न्युन भएको छ । मसुरो खेती लोप हुने स्थितीमा पुगेपछि यसको प्रवद्धनको लागि अभियानकै रुपमा अगाडी बढाउन थालिएको छ ।
मसुरो पोषण युक्त बहुगुणी दलहन बालि हो । कुनै समयमा नेपालबाट विभिन्न देशमा मसुरो निर्यात हुँदै आईरहेको थियो तर अहिले देश भरी नै मसुरोको खेती कम हुँदै गएको छ । बर्दियामा पनि विभिन्न स्थानमा गरिँदै आएको मसुरो खेती कम हुँदै गएको छ ।
बर्दियामा गत बर्ष करिब ५ हजार हेक्टरमा मसुरो खेती भएको थियो जसमा पाँच हजार चार सय १५ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ । यस बर्ष पनि गत बर्ष कै हाराहारीमा मसुरो खेती भएको एकिकृत कृषी तथा पशुपन्क्षी कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनु भयो । विगत्को तुलनामा मसुरो खेती घट्दै गएको बताउँदै सिचाइ कमको स्थानमा मसुरो खेतीलाई प्रवद्र्धन गर्ने योजना बनाईएको उहाँले बताउनु भयो ।

हिउँदमा पानी नपर्नु तथा बढि पानी पर्नु , अत्याधिक गर्मिको कारणले उत्पादनमा घटबढ हुनु, उन्नत विउ र प्रविधिहरु कृषक समक्ष नपुग्नु , परम्परागत खेति प्रविधी र राज्यबाट सञ्चालित हुने प्रर्वद्धन कार्यक्रम घट्दै गएको हुनाले मसुरो खेतीमा आक्रषण घट्दै गएको छ । कृषकहरुलाई अझैपनि समयमा उन्नत जातको विउ र प्रविधि दिन सकेमा अझै पनि खेतीलाई बढाउन सकिने कृषक होमनाथ ढुंगानाले बताउनु भयो ।
पछिल्लो समयमा कृषक र सरोकारवाला निकायले बेवास्ता गरेको टुहुरोबालीको रुपमा मसुरो खेतीलाई लिने गरिएको छ । पौष्टिक तत्वले भरिपुर्ण भएको मसुरोलाई लोप हुन नदिनका लागि अभियान कै रुमा अगाडी बढाउनका लागि बर्दियामा मसुरो खेतीका कृषक रामचन्द्र यादवको संयोजकत्वमा मसुरोबाली बहुसरोकारवाला मञ्च गठन गरीएको छ । मञ्चले मसुरो खेती प्रविधिको प्रसार, उन्नत जातको विउ उत्पादन र वितरणका साथै उत्पादित मसुरोको बजारीकरण प्रर्वद्धनका लागि काम गर्ने छ ।सरकारले पनि मसुरो खेतीको लागि विउ र नयाँ प्रविधि भित्र्याउनुका साथै यसको प्रर्वद्धन गर्न जरुरी रहेको छ ।

Leave A Reply

Your email address will not be published.