कृष्णसार अनलाइन । १२ वर्षीया बालिकालाई बेचबिखन उद्योगको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर १९ गतेको इजालसले कसुर ठहर गर्दै तीन वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।
बालिकालाई ०८१ वैशाख २८ गते बेचबिखन गर्न लगेको भन्दै पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । साइलाई प्रहरीले वैशाख २८ गते पक्राउ गरेको थियो ।