Division forest_Ads
Barista_Training

जबरजस्ती करणीको कसुरमा १८ वर्ष कैद सजायको

Geruwa GIF

कृष्णसार अनलाइन । १२ वर्षीया बालिकालाई  जबरजस्ती करणीको कसुरमा  गरेको कसुरमा बर्दिया  जिल्ला अदालतले ५५ वर्षीय फुपाजुलाई ०८१ मङ्सिर २८ गते १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

Basgadhi PSA_final

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर २८ गतेको इजालसले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र सात लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।

बालिकालाई ०८० असोज ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १२ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । प्रहरीले फुपाजुलाई असोज १२ गते पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.