bardiyahospital

लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिय

Geruwa GIF

कृष्णसार अनलाइन ।  परिवर्तन समूहले सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । परिवर्तन समूहले नेपाल प्रहरी स्वास्थ्य कार्यालय र बर्दिया अस्पतालका कर्मचारी अन्तरक्रिया कार्यक्रम गरेको हो । 

लागू औषधको प्रयोगले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्छ । भने भने लागू औषधको प्रयोग धनजनको क्षति हुनुको साथै सामाजिक मान प्रतिष्ठामा आँच आउँछ । भने परिवारमा कलहको सृजना समेत हुन्छ । लागू औषधको बढ्दै प्रयोगले मानिसको ज्यान समेत जान्छ । 

cld

परिवर्तन समूहका कार्यक्रम अधिकृत कृष्णबहादुर शाहीले अहिले लागू औधष प्रयोग गर्नेहरूले सूँइको माध्यमबाट, सुँघेर र चुरोटको प्रयोग गरेर लागू औषध प्रयोग गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कतिपय औषधीहरू लागू औषध प्रयोग कर्ताले दुरुपयोग गरि लागू औषधको रुपमा समेत प्रयोग गर्दै आएका छन् । लागू औषधले आनन्द दिन्छ भन्ने गलत बुझाइका कारण र साथीहरूको संगतले पनि लागू औषध प्रयोग गर्नेहरू बढ्दै गएको छन् । समयमा नै लागू औषध प्रयोग कर्ताको पहिचान गरी परामर्श र सुधार गृहमा राखेर उपचार गर्न सकेका लागू औषध प्रयोगकर्ताको सङ्ख्यामा न्यूनिकरण गर्न सकिन्छ ।’

लागू औषध प्रयोग गरिरहेको युवायुवतीलाई सही बाटोमा ल्याउन परिवारको महत्वपूर्ण भूमिका रहने परिवर्तन समूहका इनरिच वर्कर प्रसन्न ज्ञवाली बताउनु भयो । उहाँले लागू औषध प्रयोग गरिरहेको युवा युवती यौन जन्य रोगको जोखिममा रहनुको साथै हेपाटाइटिस लगायतको उच्च जोखिममा रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘छोराछोरीले के गरिरहेको छन्, त्यसको निगरानी अभिभावकले राख्ने तथा गलत बाटोमा लागेको भएको सही  बाटोमा हिँडाउन परिवारले भूमिका खेल्न सकेको पनि लागू औषध प्रयोग गर्ने युवायुवतीलाई सुधार गर्न सकिन्छ । विशेष गरी अहिले लागू औषध प्रयोग गर्नेहरू साथीको संगतमा लागेर, रमाइलोको लागि, जिज्ञासा भएर  कुलतमा फसेका छन् ।’

स्वास्थ्य कार्यालय बर्दियाकी सूचना अधिकारी पदमा श्रेष्ठले लागू औषध प्रमुख समस्या रुपमा देखा परेकोले यसको रोकथाम र नियन्त्रण गर्न सरोकारवाला निकायका सहकार्य र समवन्य हुन जरुरी रहेको बताउनु भयो । विशेष गरी युवा पुस्ता आगू औषधको प्रयोगमा फस्दै जाँदा देशले ठुलो हानी सहनु पर्छ , त्यसकारण सबैले हातेमालो गरेर लागू औषध नियन्त्रण गर्नका काम गर्न जरुरी रहेको  उहाँले बताउनु भयो । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.