bardiyahospital

मोहक बर्दिया

Geruwa GIF

सुदीप अधिकारी, बर्दियाबर्दियाका विभिन्न पर्यटकीय क्षेत्रको प्रर्वद्धन तथा प्रचारप्रसार गर्नका लागि लुम्बिनी प्रदेश सरकार र स्थानीय ठाकुरबाबा सरकारले पुस महिनाको पहिलो सातदेखि अभियान नै सुरुवात गरेर भनेका छन्,‘ घुम्न जाऔँ बर्दिया’ । ठाकुरबाबा नगरपालिका –९  ठाकुरद्वारामा पुस ४ गते विशेष कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाले संयुक्त रुपमा ‘घुम्न जाऔं बर्दिया’ कार्यक्रमको शुभारम्भ गरे । अभियानको सुरुवात गर्दै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ कार्यक्रम ल्याएको र यसको सुरुवात बर्दियाबाट गरिएको बताएका छन् । यस क्षेत्रमा पर्यापर्यटनको विकास गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बर्दियालाई अभियानको उद्देश्य रहेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल बताउँछन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले अधिकांश क्षेत्र ओगटेको ठाकुरबाबा नगरपालिका पछिल्लो समय विकास र पूर्वाधारको हिसाबले विस्तारै गति लिन थालेको छ । तर पर्यापर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएर पनि राष्ट्रिय नीति र कार्यक्रममा यस क्षेत्रले स्थान पाउन नसकेको गुनासो नगरवासीको छ ।

cld


जैविक विविधता, दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण, बर्दिया राष्ट्रिय निकुञ्ज, देशकै लामो कर्णाली नदी, धार्मिक– भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक सांस्कृतिक, सहिष्णुता सहितको समाजसमेत बर्दियाको चिनारी दिन्छ । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये बर्दिया जिल्ला पनि एक प्रमुख पर्यटकीय जिल्लाका रुपमा परिचित छ । बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षित क्षेत्र, बढैया ताल, सत्तखलुवा ताल, कर्णाली गेरुवा पुल, डल्ला होमस्टे, सत्तानुराग होमस्टे, ठाकुरबाबा मन्दिर, केदारेश्वर धाम बर्दियाका मुख्य पर्यटकीय क्षेत्र हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज

 दुर्लभ वन्यजन्तु र मनमोहक प्राकृतिक सम्पदासँगै जैविक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज तराईकै सबै भन्दा ठूलो संरक्षित क्षेत्रको रुपमा स्थापित भएको छ । बर्दिया जिल्लाको उत्तर तर्फ अवस्थित यो निकुञ्ज ९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । विश्वका दुर्लभ वन्यजन्तुका रुपमा सूचिकृत हात्ती, एक सिंगेगैडा, पाटेबाघ बर्दिया निकुञ्जको मुख्य आकर्षण हो । त्यस्तै निकुञ्जको प्राकृतिक सुन्दरता, बबई उपत्यकाको मनोमहक दृश्य, कर्णाली नदीमा डल्फिनको डुबुल्की, र्‍याफ्‌टिङ यस्ता जति हे¥यो हेरिरहु लाग्ने दृश्यहरूसँगै रमाउन कसलाई पो मन नहोला !


९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जको पूर्वमा चिसापानी हुँदै हर्रे लेखसम्मको रत्न राजमार्ग, पश्चिममा कर्णालीको मनाउघाट हुँदै चुरेले कर्णाली भेटेको ठाउँ सम्म पर्छ । यसैगरी उत्तरमा कर्णाली चिसापानी, लेखपराजुल हुँदै हर्रे सम्मको मुख्य पहाडको दक्षिणी भाग र दक्षिणमा बाँकेको चिसापानीदेखि हात्तीसारबाट सोझेै पश्चिम मनाउघाट गएको गेरुवा (कर्णाली) नदी र खौराहा खोलाको भंगालो सम्म झैलिएको छ । निकुञ्जमा पदयात्रा, हात्ती सफारी र गाडी सफारीबाट बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्न सकिन्छ । हाल निकुञ्जमा १० वटा संरक्षित सहित ५५ भन्दा बढी प्रजातिका स्तनधारी, ६ वटा संरक्षित सहित ४ सय ३८ बन्दा बढी पंक्षी, ३ वटा संरक्षण सहित २५ बन्दा बढी घस्रने बन्यजन्तु, १ सय २१ भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन ।बर्दिया राष्ट्रिय निकुञ्ज बन्यजन्तुको लागि उपयुक्त बासस्थान एवं जैविक विविधताका दृष्टिकोणले धनी छ । नेपालमा दोस्रो ठूलो बाघको संरक्षण भएको बर्दिया राष्ट्रिय निकुञ्ज बाह्रसिंगाको लागि पनि दोस्रो प्राकृतिक बासस्थान भएको निकुञ्ज हो । 

 पाटेबाघ, गैँडा, हात्ती, बाह्रासिँगे, चित्तललगाएतका वन्यजन्तु निकुञ्जका मुख्य आकर्षण हुन् । पछिल्लो बाघ गणना अनुसार हाल बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा पाटेबाघ छन् । यो संख्या अझै बढन सक्ने निकुञ्जको अनुमान छ । त्यस्तै यहाँ ३४ वटा एक सिंगेगैडा छन् । निकुञ्मा हात्तीको बथानै छ ।  बबई भ्यालीको सुन्दर मनमोहक दृश्य, बबई र कर्णाली नदिमा ¥याफटिङ्ग, कर्णाली नदिमा अवस्थित एउटा मात्र खम्बामा अडिएको आकर्षक पुल, लगायत जैविक विविधताले भरिपूर्ण निकुञ्जको अवलोकन सकिन्छ । त्यस्तै निकुञ्ज भित्रका लम्क्यौली, बघौरा, गैँडा मचानलगायतका फाँटामा झुण्ड झुण्डमा देखिने मृग प्रजातीहरु निकुञ्जको अर्को आकर्षण हो । निकुञ्ज परिसरमा रहेको एक सिँगे गँैडाले पनि निकुञ्ज घुम्न आउनेलाई सन्तुष्टि दिने गरेको छ । आफनै अगाडी गैँडा देख्न पाउँदा जो कोही पनि रमाउँछन् । निकुञ्ज परिसरमै रहेको गोही प्रजनन् केन्द्र पनि सबैको आर्कषण बनेको छ ।

कृष्णसार संरक्षित क्षेत्र

कृष्णसार संरक्षित क्षेत्र पनि बर्दियाको एक प्रमख पर्यटकीय स्थाल हो । विश्वमै दुर्लभ जन्तुको रुपमा सुचीकृत कृष्णसार बर्दियामा मात्र पाइन्छ  जिल्ला सदरमुकामदेखि करिव ५ किलोमिटर पश्चिम उत्तरमा खैरापुर क्षेत्रमा कृष्णसार संरक्षित क्षेत्र छ । कृष्णसार संरक्षित क्षेत्र करिव ७ सय ८ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारले २०६५ यो क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्रको रुपमा घोषणा गरेको हो । कृष्णसार संरक्षित क्षेत्रमा अहिले भाले, पोथी र बच्चा गरि करिव ३ सयको हाराहारीमा कृष्णसार छन् ।

कर्णाली गेरुवा पुल

 जिल्लाको आर्कषणको रुपमा अहिले कर्णाली गेरुवा  पुल पनि रहेको छ । यो पुल कोठियाघाटमा छ । कर्णाली(गेरुवा) नदीमा यो पुल निमार्ण गरिएको छ । यो पुल १ हजार १४ मिटर लामो छ । यो नेपालकै सबैभन्दा लामो पक्की पुल हो । यो पुलले राजापुर क्षेत्रलाई सदरमुकामसँग जोडेको छ । यो पुल बनेसँगै राजापुर क्षेत्रमा चहलपहल बढेको छ ।  प्रि–स्ट्रेट प्रविधिबाट बनाइएको यो पुलमा २० वटा पिलर र १८ वटा स्ल्याव छन् । पुल निमार्ण भएसँगै पर्यटकको चहलपहल निकै बढेको छ । आन्तिरिक पर्यटकहरु दिनहुँ जसो पुल हेर्न आउने गर्छन । पछिल्लो समयमा यो स्थान पिकनिक स्थलको रुपमा पनि परिचित हुँदै गएको छ ।

बढैया ताल

बढैया ताल पनि बर्दियाको एक प्रमुख पर्यटकीय क्षेत्र हो । बढैया ताल सदरमुकम गुलरियादेखि करिव २० कलोमिटर पूर्वउत्तरमा पर्छ । यो ताल जिल्लाको बढैयाताल गाउँपालिकामा पर्छ । बढैया ताल करिव १ सय ९ विगाह क्षेत्रफलमा फैलिएको छ । यो ताल जल चराहरु विचरण गर्ने नेपालकै दोस्रो ठूलो प्राकृतिक बासस्थान भएको सिमसार क्षेत्र हो । यहाँ साईबेरिया लगायतका मुलुकबाट पाहुँना जल चराहरु विचरण गर्न आउने गर्छन् । ताल अतिक्रमण, छेउँछाउमा मानविय बस्तीको बढ्दो चाप र कोलहालले गर्दा केही वर्षयता यहाँ जल बिचरणका लागि आउने चराको संख्यामा पनि कमी आइरहेको छ । महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा रहेको बढैया ताल जिल्लाकै सबै भन्दा ठूलो सिमसार क्षेत्र हो । पछिल्लो समय यो ताल पिकनिकको हट स्पटका रुपमा विकशित हुँदै गएको छ ।

डल्ला हामेस्टे

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खाता जैविक मार्गमा डल्ला हामेस्टे संचालन गरिएको छ । डल्ला होमस्टे २०६७ सालमा स्थापना भएको हो । यहा २२ वटा घरलाई होमस्टे बनाइएको छ । यहाँ वर्षेनी करिव १० देखि १२ हजार आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । डल्ला गाउँ होमस्टे संचालन गर्ने सबै थारु समुदाय छन् । हामस्टे संचालन गरेपछि यहाँका मनिसको पानि जीवनस्तरमा निकै सुधार आएको डल्ला हामस्टे संचालकहरु बताउँछन् ।

 

 होमस्टेमा थारु परिकार जस्तै अनदी चामलको भात, लोकल कुखुराको मासु, स्थानीय नदीको माछा, घोँघीको तरकारी, मुसाको चटनी र चामलबाट बनाइएको रक्सीले पाहँुनालाई स्वागत गरिन्छ । पाहुनाको रुची अनुसारका अन्य परिकारले पनि पाहुनाको इच्छा पुरा गरिन्छ । साथै साझपख पाहुँनाको रुची अनुसार विभिन्न प्रकारका थारु नृत्यहरुले पाहुँनालाई मनोरञ्जन दिने गरिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयदेखि करिव ५ किलोमिटर दक्षिणमा डल्ला हामस्टे छ । पछिल्लो समय बर्दियामा होमस्टे थपिने क्रम बढेको छ । अहिले गोबिन्दपुर होमस्टे, रम्मापुर होमस्टे, सत्खलुवा होमस्टे रहेका छन् ।

 

सत्खलुवा ताल

पछिल्लो समय सत्खलुवा ताल पर्यटकको आर्कषणको केन्द्र बन्दै गएको छ । यो ताल बारबर्दिया नगरपालिकाको वडा नं ९ मा खैरेनी गाउँमा अवस्थित छ । वरिपरि जंगलको बिचमा ताल रहेको छ । सत्खलुवा ताल २६३ दशमलव ६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । डुुगा सयर गरेर ताल अवलोकन गर्दा पर्यटकहरु खुशीले गदगद हुने गर्छन । ताल अवलोकनका लागि तालको छेवैमा अग्लो भ्यू टावर निर्माण गरिएको छ । भ्यू टावरबाट ताल पुरै अवलोकन गर्न सकिन्छ । तालको नजिकै पिकनिक स्पट रहेको छ । केही वर्षयता यहाँ पिकनिक खान जानेको संख्या बढ्दो छ । सत्खलुवा ताल घुम्न आउनेहरुको सुविधाका लागि ताल नजिकैको खैरेनी गाउँमा होमस्टे पनि संचालन गरिएको छ ।

ठाकुरबाबा मन्दिर

ठाकुरबाबा मन्दिर बर्दिया जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । यो ठाकुरबाबा नगरपालिका वडां ८ मा अवस्थित छ । यो मन्दिरले धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा विशेष महत्व बोकेको छ । विष्णु भगवानको मूर्ती रहेको यो मन्दिरलाई ठाकुरजीको द्धारको रुपमा वर्णन गरिँदा गरिँदा यस मन्दिरको नाम ठाकुरबाबा मन्दिर रहन गएको भन्ने भनाई छ । यो मन्दिर कहिले स्थापना भएको भन्ने लिखित प्रमाण केही नभए पनि करिव ५ सय वर्ष अघि एक किसानले खेत जोत्ने क्रममा आठ वटा हात भएको (अष्टभुजा ) विष्णु भगवानको मूर्ती फेला पारेपछि यो मन्दिर स्थापना भएको धार्मिक किंवदन्ती रहेको छ । पहिले खरको सानो झुपडीमा रहेको मन्दिरलाई २०३६ सालमा जीर्णेद्धार गरी पुनः निर्माण गरिएको हो । माघे सक्रान्तिका दिन यो मन्दिरमा विशेष पुजाआजा हुने गर्दछ । माघे सक्रान्तिका दिन टाढाटाढाबाट भक्तजनहरु पूजाआजाका लागि आउने गर्छन । यो मन्दिर गजुर शैलीमा निर्माण गरिएको छ । आफुले मागेको वर पूरा हुनुका साथै  माघे संक्रान्तिका दिन निःसन्तान दम्पतीहरुले सन्तानको कामना गर्दै वर मागे पुरा हुने जनविश्वास रहि आएको छ । माघे सक्रान्तिका दिन ठाकुरबाबा मन्दिर परिसरमा ठूलो परम्परागत माघी मेला लाग्ने गर्छ । यो मेला करिव एक सातासम्म चल्ने गर्दछ । पछिल्लो समय ठाकुरद्धारा मन्दिरमा हरेक मंगलबार महाआरती हुने गरेको छ ।

 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.