Division forest_Ads
Barista_Training

दुई पालिकाले फोहोर व्यवस्थापन गर्न मिलेर काम गर्ने

Geruwa GIF

कृष्णसार अनलाइन , गुलरिया । बर्दियाका दुई सिमा जोडिएका पालिका बीच संयुक्त बैठक बसेको छ । बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिका बीच दुई पालिकाका साझा मुद्दा सम्बोधन गर्ने गरी संयुक्त कार्यपालिका बैठक बसेको हो । 

बैठकले दुवै पालिकाको हितको लागि काम गर्ने गरि निर्णय गरिएको छ । प्रदेश सभा सदस्यहरूको समेत उपस्थितिमा बसेको बैठकले ६ ओटा निर्णय गरेको छ । बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका मिलेर संयुक्त रुपमा फोहोर मैला व्यवस्थापन गर्ने निर्णय गरिएको छ । फोहोर मैला व्यवस्थापनको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण र प्रारम्भिक पूर्वाधार निर्माणका लागि यहीँ हिउँदे अधिवेशनबाट आवश्यक बजेट व्यवस्थापन गर्ने दुई पालिकाको समूक्त बैठकले निर्णय गरेको बढैयाताल गाउँपालिकाको अध्यक्ष हिमालय त्रिपाठी बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई पालिकाले हिउँदे अधिवेशनबाट आवश्यक बजेट व्यवस्थापन गर्ने र बाँसगढी नगरपालिकासँग आगामी आर्थिक वर्षको बजेटमा फोहोरमैला व्यवस्थापनमा सहकार्य गरी काम गर्न बजेट व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय भएको छ । त्यसैगरी बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा रहेको हुलाकी सडक र पूर्वपश्चिम राजमार्ग जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने, तथा  बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाको बीचमा रहेको कन्जरवा नालामा पक्कीपुल निर्माण गर्नका लागि सङ्घीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।’


दुवै पालिकाका साझा सवालहरू एकमुष्ट सम्बोधन गर्नका लागि संयुक्त रुपमा बैठक बसेको गाउँपालिकाका अध्यक्ष त्रिपाठीले बताउनु भयो ।
मानवीय तथा सामाजिक व्यवहार सुधार ल्याइ सभ्य र शिक्षित तथा अनुशासित समाज निर्माणका लागि लागू औषध नियन्त्रण परम्परागत सामाजिक संस्कृतिको संरक्षण, बालविवाह न्यूनिकरण लगायतका विषयमा संयुक्त प्रतिबद्धता गर्ने निर्णय गरिएको छ । त्यसैगरी बारबर्दिया र बढैयाताल गाउँपालिकामा बढ्दो क्रममा रहेको मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरणका लागि समन्वय र सहकार्य गर्ने निर्णय गरेको बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारूले बताउनु भयो ।  उहाँले एक पालिकाको सिकाइ अर्को पालिकाको लागि उपलब्धि मूलक हुन सक्ने भएकोले संयुक्त बैठक उपलब्धि मूलक रहेको बताउनु भयो । 

Basgadhi PSA_final

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि  प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले संयुक्त रुपमा बैठक बसेर निर्णय गरेका योजनाहरू लागू हुनेमा विश्वास व्यक्त गर्नु भयो । प्रदेश सरकार समक्ष माग गर्ने भनिएका योजनाहरू पुरा गर्नका लागि पहल गर्ने बताउनु भयो । 


दुई पालिकाको बीचमा भएको संयुक्त कार्यपालिका बैठक भएको पहिलो पटक हो । बैठकले फोहोरमैला गर्नका लागि समिति समेत गठन गरेको छ । बढैयाताल गाउँपालिकाले अध्यक्ष संयोजक, बारबर्दिया नगरपालिका नगरप्रमुख तथा बाँसगढी नगरपालिकाको प्रमुख सदस्य, सम्बन्धित पालिकाका वडा अध्यक्ष ( तीनवटै पालिकाका वडा अध्यक्ष ), वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक ( तीनवटै पालिकाका ) इन्जिनियर (तीनवटै पालिकाका) सदस्य रहने छन् । भने बढैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत  सदस्य सचिव रहने गरी समिति गठन भएको छ ।
पालिका गर्नका गर्नका लागि डम्पिङ साइट नहुदाँ पालिकाका फोहोर व्यवस्थापन समस्या हुने गरेको थियो । पालिकाले फोहोर व्यवस्थापन गर्नका लागि सामुदायिक वनमा खाल्टो  खनेर वा खुल्ला रुपमा फोहोर फाल्ने गरेका थिए । फोहोर व्यवस्थापनको काम प्रमुख चुनौतीको रुपमा रहेको छ । 

 

 

Leave A Reply

Your email address will not be published.