Division forest_Ads
Barista_Training

बार एशोसियसनको साधारण सभा तथा अधिवेशन सम्पन्न

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । बर्दिया जिल्ला अदालत बार एशोसिएसनको १८ औँ वार्षिक साधारण सभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठले बार र बेन्चको सम्बन्ध सकारात्मक रहेको बताउनु भयो । उहाँले न्याय सम्पादनका गर्दा बार, बेन्च , सरकारी वकिलको कार्यालय र प्रहरी लगायतका सरोकारवाला निकाय जोडिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा पालिकामा रहेको न्यायिक समिति समेत न्याय सम्पादन गर्ने निकायको रुपमा जोडिएको छ  र पत्रकारले पनि न्यायिक निकायबाट भएका न्यायिक प्रकृयाका बारेमा समाचारको माध्यमबाट नागरिकलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका रहेको छ ।’ उहाँले अदालतले गरेका न्याय सम्पादनको विषय संवेदनशिल भएर लेख्नुपर्ने बताउनु  भयो । समाचार लेख्दा पत्रकारले पनि संवेदनशिल भएर कलम चलाएको पाइएको  बताउनु भयो ।

Basgadhi PSA_final

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर बूढाक्षेत्रीले   बार एसोसिएसन सरकारवादी मुद्दामा  सरकारी  वकील कार्यालयसँग सहयात्री रुपमा काम गरेको बताउनु भयो । उहाँले बारको आजको दिन नयाँ नेतृत्व छनौट गर्ने दिन भएकोले यो दिन महत्वपूर्ण दिन भएको बताउनु भयो । 


बर्दिया जिल्ला अदालत बार एशोसियसनको अध्यक्ष कमलप्रसाद पाण्डेले  न्याय क्षेत्रसँग सम्बन्धित मानव अधिकारको संरक्षण र स्वतन्त्र न्यायपालिका  भएको बताउनु भयो ।
 उहाँले  स्वतन्त्र न्यायपालिका स्थापित हुन सकेको छैन की न्यायालय पनि स्वतन्त्र रुपमा आफ्नो निर्यण सुनाउन पाएको छैन की भन्ने अनुभूति जनताको माझमा रहेका बताउनु भयो । उहाँले  पीडित र पीडक कोही पनि आफ्नो न्याय अधिकारबाट बञ्चित हुनु हुदैन् भन्ने ध्येय राखेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ भोलिका दिनमा न्याय सम्पादन गर्ने काममा  सरोकारवाला निकाय संवेदनशिल भएर अगाडि बढ्ने विषयमा बार एशोसियसनले अपेक्षा लिएको छ ।’

बार एशोसिएसन जीर्ण भवन मर्मत र भौतिक सामाग्रीका लागि सहयोग गरेकोमा  गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकालाई कदर पत्र प्रदान  गरिएको बर्दिया जिल्ला अदालत बार एशोसियसनको सचिब दिवाकर शर्मा खनालले बताउनु भयो ।  

 

 

 

Leave A Reply

Your email address will not be published.