प्रकाश पौडेल । गुलरियामा कपडा बैङ्कबाट निःशुल्क कपडा वितरण गरिएको छ । उद्योग वाणिज्य सङ्घ गुलरिया र नेपाल पत्रकार महासङ्घ बर्दियाको संयुक्त आयोजनामा कपडा बैङ्कबाट निःशुल्क कपडा वितरण गरिएको हो ।
हुनेले नहुने दान गरौँ नहुनेले लैजाउँ भन्ने नारा सहित उद्योग वाणिज्य सङ्घ गुलरिया र नेपाल पत्रकार महासङ्घले पुष २२, २३ गते कपडा बैङ्क सञ्चालन गरेको थियो । निःशुल्क कपडा बैङ्क सञ्चालन गरेपछि कपडा लैजानेको भिड लाग्ने गरेको थियो । विपन्न परिवारका चिसोबाट बच्न सहयोग हुने गरी आशा गरेर कपडा बैङ्क सञ्चालन गरिएको उद्योग वाणिज्य सङ्घ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताउनु भयो । उहाँले यस्ता अभियानले विपन्न वर्गका नागरिकलाई राहत पुग्ने बताउनु भयो ।
त्यसैगरी पत्रकार महासङ्घका अध्यक्ष निर्मल घिमिरेले दुई दिनका लागि स्थापना गरिएको कपडा बैङ्कबाट धेरैले फाइदा पुगेको बताउनु भयो । उहाँले यस्ता अभियानलाई अन्य पालिकाका रहेका सामाजिक संस्थाले गर्न सके त्यहाँका विपन्न वर्णका नागरिकले पनि फाइदा हुने विश्वास पुग्ने बताउनु भयो ।