गुलरिया । बर्दियामा सशस्त्र प्रहरी बलले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले सुर्खेत वीरेन्द्रनगर –४ का अन्दाजी ५० वर्षीय प्रेम पन्तलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म कण्ठपुरको टोलीले गुलरिया –११ गणेशपुरबाट ३ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर र २ सिसी कोरेक्स सहित पन्तलाई पक्राउ गरी नेपाल प्रहरी बुझाएको सशस्त्र प्रहरी बलका एसपी चित्राङ्ग दाहालले जानकारी दिनुभयो ।