Krishnasar_Dubble Ad
Barista_Training

अभद्र व्यवहारका कसुरदार र जुवा खेलिरहेका पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन । अभद्र व्यवहार गरेको कसुरमा जिल्ला अदालतबाट सजाय ठहर फरार रहेका  गेरुवा गाउँपालिका –२ पाताभारका २७ एन्जल चौधरीलाई प्रहरी माघ ३ गते पक्राउ गरेको छ । 

Basgadhi PSA_final


बर्दिया जिल्ला अदालतबाट ०८१ असार १८ गते २ महिना ७ दिन कैद सजाय  र २ सय रुपैयाँ जरिवानाको फैसला भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी ऋषिराम घर्तीमगरले बताउनु भयो ।त्यसैगरी ठाकुरबाबा नगरपालिकामा जुवा खालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ गर्नेमा ठाकुरबाबा नगरपालिका –१ का  ३१ वर्षीय लक्ष्मीकान्त न्यौपाने ३३ वर्षीय बिर्ष बहादुर शाही, २१ ईश्वरकुमार बोहरा, ३६ वर्षीय रामु थारू। ३९ वर्षीय गणेश बहादुर थापा, र ३७ वर्षीय ध्रुव थाहा रहेको  सूचना अधिकारी  घर्तीमगरले बताउनु भयो । जुवा खेलिरहेको स्थानबाट ५१ हजार ८ सय ७० रुपैयाँ,  सात थान मोबाइल, चार गड्डी तास समेत फेला परको जानकी दिनुभयो । जुवाका खालमा पक्राउ  परेकालाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
जुवा तास खेल्ने आठ जना पक्राउ

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page