

कृष्णसार अनलाइन । सिकलसेल र थालेसेमिया रोगका बिरामीलाई निःशुल्क चेकजाँच तथा पोषिलो खाना अण्डा वितरण गरेको छ । बारबर्दिया नगरपालिकाले सिकलसेल र थालेसेमिया रोगका बिरामीलाई निःशुल्क चेकजाँच तथा अण्डा वितरण गरेको हो ।
पालिका भित्र रहेका सिकलसेल तथा थालेसेमिया रोगको बिरामीको स्वास्थ्य चेकजाँच गर्नका भेरी अस्पतालका जर्नल फिजिसियन डाक्टर राजन पाण्डेलाई ल्याएर पालिकाले निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । भने सिकलरोग तथा थालेसेमिया रोगका ६८ जना बिरामीलाई पोषिलो खाना अन्तर्गत अण्डा समेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्द्र पौडेलले बताउनु भयो ।

प्रत्येक महिना सिकलसेल रोगको उपचार सेवा सहितको विशेषज्ञ सेवा नगर अस्पताल सञ्चालन गर्ने तयारी गरिएको भएको नगरप्रमुख छविलाल थारूले बताउनु भयो । उहाँले पालिका स्थानीयको स्वास्थ्य प्रति संवेदनशिल रहेकोले पालिकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन र नागरिकलाई छिटोछरितो तरिकाले सेवा दिन तयार रहेको बताउनु भयो ।
त्यसैगरी पालिकाले कक्षा ९ र १० को स्थानीय पाठ्यक्रममा सिकलसेल तथा थालेसिमिया रोगलाई समावेश गरेको छ । पालिका भित्र रहेका माध्यामिक तहका विद्यालयमा पढाउने सामाजिक विषयको शिक्षक स्वास्थ्यकर्मी ६३ जनालाई सिकलसेल तथा थालेसेमिया रोगको निदान उपचार र रोकथामको लागि एक दिने अभिमुखीकरण गरिएको बारबर्दिया नगर अस्पतालका अध्यक्ष तीर्थराज पौडेलले बताउनु भयो ।
पालिकाले अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकको रुपमा रहनु भएका भेरी अस्पतालका जर्नल फिजिसियन डाक्टर राजन पाण्डे, डाक्टर सर्मिला गुप्ता र वरिष्ठ अस्पताल नर्सिङ प्रसाशक ईश्वरी केसीलाई मायाको चिनो प्रदान गरिएको थियो ।