Division forest_Ads
Barista_Training

चौतारी स्थापना दिवसको अवसरमा खाद्यन्न सहयोग

Geruwa GIF

प्रकाश पौडेल/ गुलरिया । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले २४ औँ स्थापना दिवसको अवसरमा निलसागर असहाय असक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई खाद्यन्न सहयोग गरेको छ ।

विगतका स्थापना दिवसमा विभिन्न रचनात्मक कार्य गर्दै आएको प्रेस चौतारी बर्दियाले यस बर्ष निलसागर सेवा आश्रमका असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुको लागि खाद्यन्न सहयोग गरेको हो ।

 

चामल, दाल, आलु, नुन र खाने तेल सहयोग गरेको प्रेस चौतारी नेपाल बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले बताउनु भयो ।

खाद्यन्न हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा(एमाले) बर्दियाका उप–सचिव टीका सम्सेलीले असहाय तथा जेष्ठ नागरिकलाई सहयोग गर्नु उत्कृष्ट कार्य भएको बताउँदै आवश्यक्ता भएको स्थानमा प्रेस चौतारीले सहयोग गरेको बताउनु भयो ।

Basgadhi PSA_final

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मानबहादुर चौधरीले मानवीय सहयोगका लागि झक्झकाउने र आम नागरिकको पक्षमा कलम चलाउने रै आवश्यक्ता अनुसार मानवीय सेवा समेत गर्दै आएको बताउनु भयो

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादवप्रसाद आचार्यले श्रमजीवि पत्रकारहरुको हक हितको लागि वकालत गर्दै आईरहेको प्रेस चौतारीले सामाजिक र सृजनशिल कार्य गर्दै आईरहेको बताउनु भयो । उहाँले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै वास्तविक पीडित भएको स्थानमा आएर खाद्यन्न सहयोग कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्नु भयो ।

प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले यस अघिका बर्षहरुमा वृक्षा रोपण, रक्तदान, अन्र्तक्रियात्मक विविध कार्यक्रमहरु गरि दिवस मनाएको र यस पटक आश्रममा खाद्यान्न सहयोग गरि मनाएको बताउनु भयो ।

निलसागर सेवा आश्रमका व्यवस्थापक दिवाकर खत्रीले बर्दिया जिल्लाको गुलरियामा १८ जना पुरुष र मधुवन नगरपालिकामा १९ जना महिलाहरु आश्रममा आश्रय लिईराख्नु भएको बताउनु भयो । निलसागरले नेपाल भरी १० स्थानमा सेवा आश्रम स्थापना गरेको बताउनु भयो । १० ओटा शाखामा ५ सय ४५ जनाले आश्रय लिईरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.