Krishnasar_Dubble Ad
Barista_Training

बढैयाताल गाउँपालिकाको स्कारपियो ग्यारेजमा, भएन निर्णय कार्यान्वयन 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बढैयाताल गाउँपालिकाको भे १ झ २६४ नम्बरको स्कारपियो ग्यारेज थन्किएको  पाइएको छ । गुलरिया नेपालगञ्ज सडक खण्डको भोलागौडी चोकमा असोज १८ गते दुर्घटना भएको स्कारपियो मर्मत भएपनि पैसा कसले तिर्ने भन्ने विवादका कारण स्कारपियो ग्यारेज थन्किएको पाइएको हो ।
बढैयाताल गाउँपालिकाले दुर्घटना भएको भोलिपल्ट नै दुर्घटना ढाकछोप स्कारपियो मर्मतका लागि ग्यारेजमा पठाएको थियो । र कार्यपालिकाका अधिकांश सदस्यले स्कारपियो दुर्घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बैठक बसेर माग राखेका थिए । त्यसपछि  कार्यपालिकाको बैठकले समिति छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । समितिको संयोजकमा वडा –५ का अध्यक्ष तुलाराम चौधरी, सदस्यमा वडा –६ का अध्यक्ष शुक्रराज सापकोटा, कार्यपालिका सदस्य चन्द्रकला बिक रहनु भएको थियो । 

कार्यादेश नदिएको भन्दै छानबिन समिति संयोजकको राजीनामा 

बढैयाताल गाउँपालिका वडा –५ का वडा अध्यक्ष एवम् छानविन समितिका संयोजक तुलाराम चौधरीले छानबिन समितिबाट राजीनामा दिनु भएको छ । कार्यपालिकाले संयोजकको जिम्मेबारी दिएर काम गर्नका लागि कार्यादेश नदिएपछि चौधरीले राजिनमा दिनु भएको हो । 

चौधरीलाई असोज २० गते  कार्यपालिकाको बैठकले संयोजकत्वमा तीन सदस्यीय छानविन समिति समेत गठन भएको थियो । समितिले ३ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको थियो । तर छानबिन समिति गठन भएपनि पालिकाले अध्यक्ष हिमालय त्रिपाठीले समितिलाई कार्यादेश नदिएर पछि संयोजकले कात्तिक २ गते संयोजकको पदबाट राजिनामा दिनु भएको थियो । 

 

छानविन समितिका संयोजक चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘स्थानीय निकाय सञ्चालन ऐन २०७४ ले स्थानीय तहभित्रका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय तहमा रहेको तथा सो संरक्षण सन्दर्भमा  गाउँपालिका जिम्मेवार अध्यक्ष, प्रशासकीय अधिकृत र उपाध्यक्ष समेत संरक्षण सम्बन्धी विषयमा जिम्मेवार पूर्ण रुपमा कार्यादेश नदिई संरक्षकको नै गैर जिम्मेवार पूर्ण कार्य देखिएकोमा सो सन्दर्भमा   कार्यादेश नदिई छानविन समितिलाई गतिहीन बनाइ लापरवाही गरेकोमा खेद व्यक्त गर्दै साथै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नपर्ने जिम्मेवार पूर्ण ढङ्गबाट प्रस्तृत हुन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षलाई अनुरोध गर्दै बढैयाताल गाउँपालिका जनता र सार्वजनिक सम्पत्ति प्रतिको जिम्मेवार हुन आग्रह गर्दै सो सम्बन्धित व्यक्तिहरूले यसको सम्पूर्ण जवाफदेहिता रहने  कुरा स्पष्ट गर्न चाहन्छु र यो विज्ञप्ति मार्फत राजिनामा पेश गरेको छु ।’

कार्यपालिकाले गर्न सकेन आफूले गरेको निर्णय कार्यान्वयन 

बढैयाताल गाउँपालिकाको कार्यपालिका गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन् । कार्यपालिका सदस्यहरूले आफूले गरेको निर्णय कार्यान्वयन गर्न सकेको छैनन् ।
असोज २० गते कार्यपालिकाको बैठक बसी पालिकाको सवारी दुर्घटना भएको विषयमा छानबिन गर्नका लागि कार्यदल गठन गर्ने र सो कार्यदलले  सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरको थियो । तर कार्यपालिका आफैले गरेको निर्णय कार्यन्वयन गर्न सकेको छैन् । 

Basgadhi PSA_final

निर्णय कार्यान्यवन गराउन नसकेपछि  कार्यपालिका सदस्य को विज्ञप्ति

कार्यपालिकाको सदस्यहरूले कर्यपालिकाको निर्णय कार्यान्वयन गर्न नसकेपछि विज्ञप्ति जारी गरेको पाइएको छ । अधिकाश कार्यपालिकाका सदस्यले सवारी दुर्घटनाको सत्यतथ्य बाहिर नआएको भन्दै विज्ञप्ति जारी गरेको हुन  ।

विज्ञप्तीका भनिएको छ – ‘सामान्यतया सरकारी गाडी कार्यालय प्रयोजनको लागि कार्यालय समयमा प्रयोग गर्नुपर्ने हुन्छ । कार्यालय प्रयोजनको निम्ति र तोकिएको व्यक्तिले आवश्यकता अनुसार कानुनको अधीनमा रही कार्यालय समय भन्दा अगावै, पछाडि वा सार्वजनिक बिदाको दिनमा समेत प्रयोग गर्न सक्दछ । हाम्रो पालिकाको उक्त गाडी पनि माथि भनिए जस्तै सबै समयमा प्रयोग भएको सबैले देखेकै हो ।

यसरी गाडी प्रयोग हुँदा विभिन्न कारणले कहिलेकाहीँ दुर्भाग्यवस दुर्घटना हुन पनि सक्दछन ।तर पालिकाको उक्त गाडी दुर्घटना भए पश्चात तत्कालै दुर्घटनास्थल पुग्नुभएका पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफूलाई गाडी किन ? कुन उद्देश्यले? कहाँ? कसको आदेशले गाडी बाहिर लगिएको हो ? भने थाहा नभएको भनुभएको र असोज २० गते कार्यपालिकाको बैठकमा समेत सोही प्रतिक्रिया दिनुभएको थियो ।

दुर्घटनामा परेका गाडी चालकलाई कार्यपालिकाको बैठकमा बोलाई मौखिक सोधपुछ गर्दा म आफैले गाडी बाहिर निकालेको भनी बोलेको हुन्। उक्त ड्राइभरले पालिकाको गाडी कसैको अनुमति बिना आफै बाहिर लगेको हो भने प्रक्रिया पुरÞ्याई निजलाई कानुनी कारबाही अगाडि बढाउन तथा पहिले पनि यसरी नै सरकारी सम्पत्ति अनुमति बिना प्रयोग भए नभएको लगायत सबै पाटामा अध्ययन गरी सत्य तथ्य केलाउनको लागि असोज २० गतेको कार्यपालिकाको बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरी तीन दिन भित्र प्रतिवेदन बुझाउने, निज ड्राइभरलाई २४ घण्टे लिखित स्पष्टीकरण सोध्ने र कार्यपालिकाका बैठक बसी छानविन प्रतिवेदनले औंल्याएका दोषीलाई कारबाही अगाडि बढाउने निर्णय भएको हो ।

 

उक्त छानबिन समितिलाई कार्यदिश नदिएको भनी छानबिन समितिका संयोजक तुलाराम थारुले पत्रकार सम्मेलन गरी काम गर्न नसकेको र आफू लगायत सबै सदस्यले उक्त समितिबाट राजिनामा दिएको र सो घटनाको सम्पूर्ण जिम्मेवारी पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लिनुपर्ने बताउनु भएको सर्वविदितै छ । किन कार्यदेश नदिइएको हो ? चालकलाई सोधिएको स्पष्टिकरण के भयो । घटनाको जिम्मा लिने ड्राईभरलाई किन कारबाही नगरिएको हो ?

यस बारेमा तुरुन्तै कार्यपालिको बैठक बसी सत्य तथ्य के हो, आम बढैयातालबासी लगायत कार्यपालिकालाई जानकारी गराउन र कार्य प्रक्रिया अगाडी बढाउने कुरामा हामी दृढ छौं असोज २० गते यता कार्यपालिकाको वैठक बसेको छैन। बैठक बोलाउन पटकपटक मौखिक अनुरोध गर्दा र कार्यपालिकाका सदस्यहरूको डेलिगेसन पश्चात कार्तिक ११ गते कार्यपालिकाको बैठक बोलाउने भन्ने अध्यक्षज्यू आफैले तोकेको मितिमा पनि बैठक नबोलाई पालिकालाई अनिर्णय को बन्दी बनाउने, गैज्ञजिम्मेवारी अभिव्यक्ति दिने, समस्या सुल्झाउनको सट्टा भाग्दै हिँड्ने कार्य प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पालिकाको अध्यक्षको यो शैलीप्रति घोर आपत्ति जनाउँदै तुरुन्तै कार्यपालिकाको बैठक बोलाउन माग गर्दछौं। अन्यथा उत्पन्न हुने सबै जिम्मेवारी स्वंम पालिका अध्यक्षले लिनु पर्ने हुन्छ ।’
कार्यपालिकाले निर्णय कार्यान्यन गराउन  नसकेपछि यस्तो बाटो अपनाउन परेको एक कार्यपालिका सदस्यले बताउनु भयो । त्यसैगरी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले कृष्णसार अनलाइनलाई पालिकाको गाडी अतिरिक्त समयमा चलाउने गरी  र जिल्ला बाहिर जानका लागि पास नभएको समेत जानकारी दिनु भएको थियो । 

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page