Krishnasar_Dubble Ad
Barista_Training

३ सय ९१ जना महिला तथा बालबालिकालाई माइतीको नेपाल सहयोग

Geruwa GIF

कृष्णसार अनलाइन । माइती नेपालले ३ सय ९१ जना महिला तथा बालबालिकालाई सहयोग गरेको पाइएको छ । माइती नेपालका अनुसार जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बाल यौन दुरुपयोग, मानवबेचबिखन तथा ओसारपसार, घरेलु हिंसा र जोखिम पूर्ण यात्रामा रहेका ३ सय ९१ जनालाई  महिला तथा बालबालिकालाईसहयोग गरेको पाइएको हो । 

माइती नेपालले  विभिन्न घटनामा पीडित भएको महिला तथा बालबालिका सहयोग गर्दै आएको छ । माइती नेपालले कार्यालयमा पीडितलाई राखी मनोपरामर्श प्रदान गर्नुका साथै न्यायिक प्रकृयामा  जानका लागि समेत सहयोग गर्दै आएको छ । 

Basgadhi PSA_final

माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री  रिमालले गुलरिया नगरपालिकाको सूरजपुर, बढैयाताल गाउँपालिकाको बलैगाउँ, र मधुवन नगरपालिकाको शक्तिपुरमा सूचना  तथा परामर्श सेवा केन्द्र स्थापना गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो‘ माइती नेपालले विगत देखि नै परामर्श, उद्धार, पुर्नस्थापनाको काम गर्दै आएको छ । विशेष गरी माइती नेपालले जोखिममा रहेका र हिंसामा परेका महिला तथा बालबालिकाको पक्षमा काम गर्दै आएको छ ।’माइती नेपालले काम गर्दा सरकारलाई सहयोग हुने गरी प्रहरी लगायत सरोकारवाला निकायलाई सहयोग हुने गरी काम गर्दै आएको समेत बताउनु भयो । 

माइती नेपाल मानव बेचविखनको विरुद्धमा काम गर्दै आएको इतिहास भएको रहेको पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताउनु भयो । उहाँले पत्रकारहरूले पनि मानव अधिकार र समाज रूपान्तरणको पक्षमा कलम चलाउँदै आएको स्मरण गर्दै  पीडित पक्षमा सरोकारवाला निकायको बीचमा सहकार्य हुन जरुरी रहेको बताउनु भयो । समाज रूपान्तरणका लागि सबैको योगदान हुने भएकोले सबैले हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोडदिनु भयो । 

माइती नेपालले सन् २०२४ को जनवरी देखि डिसेम्बर गरेको कामलाई समेत पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको थियो । 

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page