bardiyahospital

स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा ज्ञावली

Geruwa GIF

प्रकाश पौडेल
गुरिया ।
नेपाल स्वयंसेवी रक्तदाता समाज गुलरिया नगर समितीको अध्यक्षमा बामदेव ज्ञावली सर्वसम्मत चयन हुनुभएको छ । गुलरिया नगरपालिकाका स्वयंसेवी रक्तदाताहरुको पहिलो भेलाले ज्ञावलीको अध्यक्षतामा ११ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ ।

नगर कार्यसमितिको उपाध्यक्षमा अब्जल खान, सचिवमा महेमुद सिद्दिकी, कोषाध्यक्षमा सुजाता सिंखडा, सदस्यहरुमा कृतीनाथ गोडिया, लक्ष्मण भण्डारी ,गया प्रसाद थारु, बर्नी भण्डारी , आर्यन वाल्मीकी , जैलुदिन गद्दी निर्वाचित भएका छन् । नियमित रुपमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुले बर्दिया जिल्लामा रगतको अभावमा विरामीहरु छटपटिनुपर्ने अवस्था नआओस भनेर समिति गठन गरेको बताएका छन् । नवनिर्वाचित अध्यक्ष ज्ञावलीले गुलरियामा बर्दिया बिरामीहरुलाई रगतको अभावले छटपटिनु नपर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

cld

रक्तदाता समाजका जिल्ला अध्यक्ष प्रेम प्रसाद लम्सालको अध्यक्षतामा संचालन भएको भेलाको प्रमुख अतिथी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रताप कुमार गौतम रहनु भएको थिया । कार्यक्रममा रक्तदाता समाजको जिल्ला सल्लाहकार संयोजक अर्जुन सुवेदी र सल्लाहकार सदस्य बिपिन पौडेल लगायतको उपस्थितिमा रहेको थियो । कार्यक्रममा जिल्ला उपाध्यक्ष सन्तोष बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.